तुलसीपुर, २३ मंसिर ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सदस्य ईन्द्रा कुमारी रोकायको स्मृतिमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले तुलसीपुर उपमहानगरपालिका वडा नं. १७ दुधरासमा श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) तुलसीपुर उपमहानगरपालिका अध्यक्ष मोहन थापाको अध्यक्षता तथा नेकपा माओवादी केन्द्र दाङ ईन्चार्ज निर्मल आचार्यको प्रमुख आतिथ्यता तथा नेकपा माओवादीका केन्द्रीय सदस्य तथा लुम्विनी प्रदेशसभाका सदस्य एवं निवर्तमान अर्थमन्त्री धनबहादुर मास्की र केन्द्रीय सदस्य हेमराज शर्मा (डायमण्ड) को विशष्टि आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि आचार्यले रोकायको निधनले माओवादी आन्दोलनलाई धेरै अतुलनिय क्षति पुगेको चर्चा गर्नुभयो । मुलुक परिवर्तनको आन्दोलनमा रोकाय परिवार सहित दम्पत्तीले ठूलो योगदान गरेको चर्चा गर्नुभयो । प्रमुख अतिथि आचार्यले शोकलाई शक्तिमा रुपान्तरण गर्दै पार्टी निर्माण, विस्तार र सामाजिक सेवामा खटिनुपर्ने उहाँको भनाई थियो ।
श्रद्धाञ्जली सभामा लुम्विनी प्रदेशसभा सदस्य धनबहादुर मास्कीले रोकाय जनयुद्ध शशक्त सिपाही रहेकाले उहाँको निधनले सिंगो पार्टीलाई दुखित तुल्याएको औल्याउनुभयो । प्रदेशसभा सदस्य मास्कीले जन्म र मृत्यु जीवनको सत्य रहेकाले जन्मले खुसि र मृत्युले दुखी बनाउने भएकाले दु:खलाई शक्तिमा परिवर्तन गरी पार्टी, संगठन र समाज रुपान्तरणको यात्रामा जानुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य हेमराज शर्माले रोकाय मुलुक परिवर्तनमा दिएको योगदानले सामाजिक जीवन जीवन्त रहेको चर्चा गर्नुभयो । जसले रोकायलाई अहिले सामाजिक जीवन र अस्तित्व अमूल्य रहेको बताउनुभयो । कार्यक्रममा स्वर्गिय रोकायका श्रीमान बहादुरा रोकायले उहाँको राजनीतिक, सामाजिक र पारिवारिक जीवन चर्चा गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण डिल्ली ददेलले गर्नुभएको थियो ।
लाइभदाङ । २३ मंसिर २०८१, आईतवार १८:३२ बजे