निर्वाचित प्रतिनिधि तथा पदाधिकारीहरु संग अन्तरक्रिया कार्यक्रम सम्पन्न

दाङ १९,  पुस ।
नेपाली कांग्रेस राप्ती गाउँपालिकाको आयोजनामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
पार्टि कार्यालय मौरीघाटमा १४ औ महाधिबेशनमा राप्ती गाउँपालिका बाट प्रतिनिधित्व गरि विभिन्न पदमा निर्वाचित प्रतिनिधि तथा पदाधिकारीहरु संग अन्तरक्रिया गरिएको हो ।
पार्टि कार्यालय सन्चालन, टोल कमिटि गठन तथा स्मृति सभा आयोजना गर्ने बारेमा आगामि तयारी तथा कार्यक्रमको निश्चितताको लागि अन्तरक्रिया गरिएको हो ।
पालिका सभापति विद्याशरण चौधरीको अध्यक्षता, महाधिबेशन प्रतिनिधि चन्द्र बहादुर जीसीको प्रमुख आथित्यता, महाधिबेशन प्रतिनिधि यसोदा चौधरी, हरी भुसालको विशिष्ट आथित्यतामा सम्पन्न अन्तरक्रिया कार्यक्रममा पुस २० गते देखी सुरु हुने टोल कमिटि गठनलाई प्राथमिकतामा राख्दै योजना निर्माण गरेको छ ।
अन्तरक्रिया कार्यक्रममा नेपाली कांग्रेस राप्ती गाउँपालिकाको कार्यलय ब्यवस्थापनमा सहयोग दाताको पहिचान गर्दै विभिन्न तहको कार्यालय सन्चालनमा सहकार्यको प्रतिबद्धता समेत गरिएको छ ।
अन्तरक्रिया कार्यक्रममा स्वर्गिय शहिद श्रीनारायण चौधरीको आगामी माघ २ गतेको स्मृति सभा पार्टि कार्यालयमा आयोजना गर्ने तथा नेता कार्यकर्ता द्धारा शहिद श्रीनारायण चौधरीको शालिकमा माल्यार्णपन गरि मनाउने निर्णय समेत गरिएको छ ।
कार्यक्रममा लुम्विनी प्रदेश सदस्य देव नारायण चौधरी, जिल्ला सदस्य गोवर्धन रावत, प्रदेश सभा क्षेत्र नं १ का उप सभापति जगदम्वा कुमारी चौधरी, सचिव सुरज खडका वडा सभापति युवराज भुसाल, पोमलाल गिरी, प्रदेश महाधिबेशन प्रतिनिधि बेद प्रसाद चौधरी, वडा अध्यक्ष विष्णु बहादुर घर्ति क्षेत्रि, संगठन विभाग संयोजक सुरेन्द्र भुसाल, सचिव चैन कुमार चौधरी लगायतले समसामयिक विषयमा जानकारी गराउनु भएको थियो ।