तुलसीपुरबाट सात जुवाडे पक्राउ

तुलसीपुर,५ चैत ।

दाङको तुलसीपुरबाट ५ जुवाडेलाई पक्राउ गरिएको छ । शनिबार साढे २ बजेतिर तुलसीपुर ५ बसपार्क स्थित दुर्गा भण्डारीको घरमा भुवन खड्काले सञ्चालन गरेको ग्रीन भ्याली होटेलमा जुवातास खेलिरहेको अबस्थामा उनीहरुलाई पक्राउ गरिएको हो ।


ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार ७८ हजार एकसय २० रुपैँया नगदसहित तुलसीपुर ६ निवासी ३० बर्षीय कृृष्ण कुमार गुप्ता, तुलसीपुर १२ निवासी २९ बर्षीय टोपेन्द्र बुढामगर, तुलसीपुर ७ निवासी ३७ बर्षीय राजेश श्रेष्ठ, तुलसीपुर ५ निवासी ३० बर्षीय साहिद राई, सोही ठाउँका २४ बर्षीय राज खान, ३४ बर्षीय इश्वरी रावत र बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १६ निवासी २४ बर्षीय सलमान साहलाई पक्राउ गरिएको हो । होटेल सञ्चालक खड्का भने फरार रहेका छन् । उनीहरुको खोजी कार्य भइरहेको छ । उनीहरुको साथबाट खोलिएका ३ गड्डी तास, तास खेल्न भुईमा बिछ्याईएको बलाङ्केटबरामद गरिएको छ । उनीहरुला मुलुकी अपराध (संहिता) २०७४ को परिच्छेद ५ को दफा १२५उपदफा १ बमोजिम अनुसन्धान कार्य भई रहेको प्रहरीले बताएको छ ।