मेट्रो कलेज गणतन्त्रको उपलब्धी हो : पूर्वमन्त्री मास्की

तुलसीपुर, ८ कात्तिक । लुम्बिनी प्रदेशका पुर्वअर्थमन्त्री धन बहादुर मास्की(राजेश)ले तुलसीपुर मेट्रो कलेज गणतन्त्रको उपलब्धी भएको बताएका छन् ।

मुलुक संघीयतामा गएसंगै स्थानीय निकायहरु स्थानीय सरकारको रुपमा शक्तिशाली भएपछि आफ्नो अधिकार भित्र रहेर यसरी कलेज खोलेको बताए । यसरी स्थानीय सरकारले नै कलेज सञ्चालन गरेर प्रभाबारी रुपमा सञ्चालन हुनु नै गणतन्त्रको परिकल्पना रहेको समेत उनको भनाई थियो ।

यस्ता कलेजहरुलाई उत्कृष्ट बनाउनकालागि सधै सहयोग गर्ने समेत मास्कीले प्रतिबद्धता जनाए । उनले पश्चिम दाङको विकासकालागि कलेज, एयरपोर्ट, सडकको विस्तारमा आफू दत्तचित्त भएर लागेको समेत बताए ।


तुलसीपुर मेट्रो कलेजले विहिबार आयोजना गरेको चियापान तथा शैक्षिक अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताए ।
संचालक समितिका अध्यक्ष तथा तुलसीपुर उपमहानगरपालिका प्रमुख टीकाराम खड्का कलेजलाई लुम्बिनी बौध विश्वविद्यालयको आंगिक क्याम्पस बनाउने तयारी रहेको समेत बताए ।

तुलसीपुर उपमहानगरपालिकाकी उपमेयर स्यानी चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण तुलसीपुर मेट्रो कलेकका प्रमुख वसन्त आचार्यले गरेका थिए ।