प्रधानाध्यापकलाई एकदिने leadership training सम्पन्न

तुलसीपुर २८ फागुन ।

नेशनल प्याब्सन तुलसीपुर दाङको आयोजनामा सदस्यः विद्यालयका प्रधानाध्यापकहरु लाई एकदिने leadership training सम्पन्न भएको छ ।


नेशनल प्याब्सन तुलसीपुर दाङका अध्यक्ष शालिकराम कार्की ले उक्त कार्यक्रमको अध्यक्षता ग्रहण गरेका थिए भने नेशनल प्याब्सन का केन्द्रीय सदस्य प्रकासकुमार शर्मा प्रमुख आथित्यमा  विशिष्ट अतिथि नेशनल प्याब्सन दाङका सल्लाहकार सुरेन्द्र जि सि रहेका थिए । बदलिदो समयमा आफ्ना विद्यालयहरुलाई अपडेट गर्नको लागि विद्यालय हाक्ने प्रधानाध्यापकहरुलाई तालिम दिनको लागि मुख्य प्रशिक्षकको रुपमा डि आर दाहाल रहेका थिए ।

कार्यक्रममा बोल्ने वक्ताहरु शालिकराम कार्की, प्रकाश कुमार शर्मा, हरिप्रसाद भण्डारी लगायतले विद्यालय सञ्चालन गर्दा अभिभावक र विद्यार्थी को चाहना अनुसार शिक्षा प्रदान गर्नको लागि हामीले सञ्चालन गर्दै आइरहेको विधि र तरिका मा परिवर्तन गर्नुपर्ने कुरामा जोड दिएका थिए । उक्त तालिम मा दाङ का विभिन्न पालिका बाट करिब ५० जना प्रधानाध्यापककाे उपस्थितिमा मुख्य प्रशिक्षक ले निकै उत्कृष्ट तलिम प्रदान गरेका थिए । विषयवस्तु प्रवेश नेशनल प्याब्सन लुम्बिनी परदेशका सदस्य के पि न्यौपानेले गरेका थिए ।  स्वागत मन्तव्य नेसनल प्याब्सनका कोषाध्यक्ष कुलदिप गौतमले गरेका थिए भने उक्त कार्यक्रमको सहजीकरण नेशनल प्याब्सन तुलसीपुर का सचिव मेघराज पोखरेलले गरेका थिए ।