अमृतपुर खानेपानीकालागि ८ बजे मतगनणा हुने

तुलसीपुर
२८ फागुन / दाङको तुलसीपुर स्थित अमृतपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्था नयाँ नेतृत्वकालागि राति साढे ८ बजेदेखि मतगणना हुने भएको छ ।

शनिबार मतदान भएको थियो । जम्मा ३१४६ मतदाता मध्ये २३६९ मतदान भएको छ ।


आगामी नेतृत्वकालागि सत्तापक्ष गठबन्धन र प्रतिपक्षबीच प्रतिस्पर्धा भएको थियो ।