भुकम्पले जाजारकोटका केही घरहरु भत्किए

दाङ,१८ कात्तिक । शुक्रबार राति आएको भुकम्पले जाजारकोटका केही घरहरु भत्किएका छन् ।

जाजारकोटको नायकबडा केन्द्रविन्दू बनाएर शुक्रबार राति ११ः४७ बजे आएको ६.४ म्याग्निच्यूडको भुकम्पले जाजारकोटका खलांगामा रहेका केही घरहरु भत्किएका छन् ।

जाजरकोट बारेकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिनायट घर्तीका अनुसार थप विवरण आउन बाँकी छ ।


यो भुइँचालोको धक्का भारतको नयाँदिल्लीसम्म महसुस गरिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। त्यहाँ अहिलेसम्म कुनै क्षतिको विवरण भने आएको छैन।