विश्वविद्यालयले प्राज्ञिक चिकित्सा तथा योग विज्ञान पढाउने

तुलसीपुर,३ फागुन । नेपाल संस्कृत विश्वविद्यालय बेलझण्डी दाङमा प्राज्ञिक चिकित्सा तथा योग विज्ञानको पठनपठन हुने भएको छ ।

विश्वविद्यालयका कुलसचिब माधव अधिकारीका अनुसार नेपालमै पहिलो पटक प्राज्ञिक चिकित्सा तथा योग विज्ञानको पठन पाठन हुन लागेको हो ।

त्यसकालागि बेलझुण्डीमा ४३ करोडको शिक्षण भवन निर्माण गर्ने तयारी रहेको छ । त्यसकालागि स्टिमेट समेत तयारी भइसकेको उहाँले बताउनुभयो ।“नेपालमै पहिलो पटक विश्वविद्यालयमा प्राज्ञिक चिकित्सा तथा योग विज्ञानको पठनपाठान सुरु हुँदैछ”,उहाँले भन्नुभयो“त्यसकालागि ४३ करोडको भवन बनाउने गरि स्टिमेट भएको छ ।”

प्राज्ञिक र आयुर्वेदमा स्नातक(विएएमएस)का विद्यार्थीकालागि २०० बेडको एकीकृत शिक्षण अस्पताल सञ्चालनको तयारी समेत रहेको छ ।
प्रदेश र संघको सहकार्यमा उक्त अस्पताल सञ्चालनमा ल्याईने भएको हो । त्यसकालागि प्रदेश र संघले पछिल्ला दुई आर्थिक बर्षमा १८ करोड बजेट समेत उपलब्ध गराएको छ ।


त्यसकालागि वातावरणीय प्रभाबको मूल्यांकन(इआईए) पनि सम्पन्न भइसकेको छ । अस्पतालको लागत ६८ करोड अनुमान गरिएको छ । बेलझुलागत । बेलझुण्डी शिक्षण अस्पतालको उत्तर तर्फ ६ विघा जग्गामा अस्पताल निर्माण हुनेछ ।

जडिबुटी उद्यान टेण्डरमा
विश्वविद्यालयले जडिबुटी उद्यानको पनि टेण्डर गरेको छ । इबिडिङ मार्फत विश्शवविद्यालयले टेन्डर गरेको हो । विश्वविद्यालय केन्द्रीय कार्यालयको दक्षिण तर्फको १८ विघा जग्गामा जडिबुटी उद्यान बन्न लागेको हो । ७ करोड ४१ लाख लागतमा उक्त जडिबुटी उद्यान बन्न लागेको हो ।

त्यस्तै बास्तु इन्जिनियरिङको पाठ्यक्रम निर्माणको काम पनि भइरहेको कुलसचिब अधिकारीले बताउनुभयो । उहाँका अनुसार पाठ्यक्रम निर्माण हुन साथ बास्तु इन्जिनियरिङ पढाई हुनेछ । २०७७ सालमा भएको सभाले उक्त विषय पठनपाठन गर्ने अनुमति दिएको थियो ।

त्यस्तै विश्वविद्यालयको दिक्षान्त समारोह बैशाखमा हुनेछ । त्यसकालागि बिभिन्न समिति तथा उपसमितिहरु गठन गरेर काम अगाडी बढाईएको छ । अहिले विश्वविद्यालयमा ७७ वटै जिल्लाका विद्यार्थीहरु अध्ययन गरिरहेका छन् ।