गुरुजजुरका विद्यार्थीले सुरु गरे‘आहा!मेरो स्कुल’ अभियान

तुलसीपुर
२६फागुन /तुलसीपुर उपमहानगरपालिका वडा नं. ४ रक्षाचौर स्थित गुरु जजुर माध्यमिक बिद्यालयमा अध्ययनरत विद्यार्थीहरुले सरसफाई अभियान सञ्चालन गरेका छन् । कक्षा १२ का शिक्षा र मानवीकी शंकायमा अध्ययनरत विद्यार्थीहरुले सरसफाइ अभियान सञ्चालन गरेका हुन् । उनीहरुले विहीबारदेखि‘म सुध्रिए मेरो विद्यालय सुध्रिन्छ’ भन्ने मुल उद्देश्यका साथ ‘आहा! मेरो स्कुल’ सरसफाइ अभियान सञ्चालन गरेका हुन् ।

विद्यालय सरसफाई राख्नकालागि उनीहरुले यो अभियान सुरु गरेका हुन् । शिक्षा क्षेत्र सधै सरसफाई हुनुपर्ने उनीहरुको मान्यता छ । मंसिरदेखि नै यो अभियान सुरु गर्ने उद्देश्य रहेपनि कोभिडका कारणले अहिले मात्रै सञ्चालन गर्न सफल भएको विद्यार्थी रोशन बोहराले बताए । यो अभियान अब निरन्तर चल्नेछ । विद्यार्थीहरुले किताबी ज्ञान मात्रै नभई व्यबहारिक शिक्षा पनि आबश्यक पर्ने भएकाले यसतर्फ जागरुक भएको बताएका छन् ।


विद्यालय राम्रो बनाउन प्राध्यापकको लगन,व्यबस्थापन समितिको अनुगमन, शिक्षकको चिन्तनले मात्र नहुँने भन्दै विद्यार्थीहरुको पनि अनुशासन आबश्यक पर्ने बताएका थिए । अभियानमा बिद्यालय शिक्षक अभिभावक संघका अध्यक्ष ईश्वरीप्रसाद गैरे, प्राध्यापक विष्णु कुमारी खत्रीलगायत शिक्षक तथा कक्षा १२ का विद्यार्थीहरुको सहभागिता रहेको विद्यार्थी कोमलबहादुर वलीले जानकारी दिए ।