राप्ती गाउँपालिकामा जग्गा नाप्न थालियो

तिर्थराज ज्ञवाली,
शान्तिपुर २४ फागुन ।
राप्ती गाउँपालिका क्षेत्रमा भुमिहिन दलित, भुमिहिन, सुकुम्वासी तथा अब्यवस्थित बसोबासी जग्गा नाप नक्सा गर्ने कार्यको सुरुवात गरिएको छ ।
मंगलवार एक कार्यक्रमका विच राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदिले जग्गा नाप नक्सा गर्ने कार्यको सुरुवात गनु भएको हो ।
राप्ती गाउँपालिकाको पुर्वमा पर्ने वडा नं १ को चैते बाट जग्गा नाप नक्सा गर्ने कार्यको सुरुवात थालिएको छ ।
राष्ट्रिय भुमि आयोग भुमिहिन दलित, भुमिहिन, सुकुम्वासी तथा अब्यवस्थित बसोबासी सेवा केन्द्र मसुरीयाको आयोजनामा सर्बेअर, अमिन तथा प्राविधिक सहितको टोलीले यथासक्य छिटो काम गर्ने कार्यक्रममा बताईएको छ ।
भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीको विवरण तथा तथ्याङ्क संकलन गरी प्रमाणिकरण गर्ने जिम्मेवारी स्थानीय तहलाई तोकिए बमोजिम राप्ती गाउँपालिकामा फारम भर्ने र तथ्याङ्क संकलन गरी प्रमाणिकरण गर्नेकाम सम्पन्न भैसकेको छ ।
नेपालको संविधानको धारा २५ मा सम्पत्तिको हक, धारा ३७ मा आवासको हक, धारा ४० मा दलितको हक र धारा ४२ मा सामाजिक न्यायको हक व्यवस्था भएको साथै संविधानको भाग–४, निर्देशक सिद्धान्त, नीति तथा दायित्वको (च) सामाजिक न्याय र समावेशिकरण सम्बन्धी नीतिको (६) वमोजिम भूमिहिन सुकुम्बासीको पहिचान गरी वसोवासका लागि घर घडेरी तथा जीविकोपार्जनका लागि कृषियोग्य जमीन व्यवस्था गर्ने भनि लेखिएको छ ।
सो संवैधानिक व्यवस्था कार्यान्वयनकै लागि मिति २०७६ माघ २८ मा भूमि सम्बन्धि ऐन, २०२१ को आठौं संशोधन गरि ऐनको दफा ५२ (क) मा भूमिहिन दलितलाई एकपटकको लागि तिन वर्षभित्र जमिन उपलब्ध गराउने, ५२ (ख) मा भूमिहिन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने तथा ५२ (ग) मा अव्यवस्थित वसोवासीलाई व्यवस्थापन गर्ने भनि ऐनमा उल्लेख गरेको छ ।