माओवादी केन्द्र तुलसीपुरको नेतृत्व चयन टुंगिएन, आईतबार १२ बजेसम्म स्थगित

तुलसीपुर
११ मंसिर / माओवादी केन्द्र तुलसीपुरको नेतृत्व चयन कार्य शनिबार टुंगिन सकेको छैन ।

निर्वाचन समितिले आईतबार १२ बजेसम्मकालागि नेतृत्व चयन प्रक्रिया स्थगित गरेको छ । सदस्यमा धेरै आकांक्षी देखिएपछि चयन प्रक्रिया प्रभाबित बनेको हो । स्रोतले भन्यो‘पदाधिकारीको लगभग टुंगिसकेको छ, तर, सदस्यहरुमा धेरैजनाको आकांक्षा रहेपछि चयन प्रक्रिया प्रभाबित बनेको छ ।’


अध्यक्षमा खुसीराम चौधरी नै दोहोरिने सम्भावना रहेको छ ।