हिमालय बचाउ नदि जोगाउ अभियान रुकुम पुर्बबाट शुरु

सुशील बस्नेत
रुकुमकोट, १९ चैत
हिमाल बचाउँ : नदी जोगाउँ लगाएतका विषयहरुमा केन्द्रित रही मानव अधिकार तथा शान्ति समाजले विशेष अभियान शुरु गरेको छ । रुकुम पुर्बको रुकुमकोटमा आज शुक्रबार पुगि अभियान शुरु गरिएको हो । अभियानमा गुणस्तरीय स्वास्थ्य सेवा र वैज्ञानिक शिक्षा ः सबैको अधिकार, लागू औषधरमदिरा दुर्ब्यसनी विरुद्ध अभियान र युद्ध निषेध शान्ति बिशेषः लगायतको बिशेष अभियान शुरु गरिएको शान्ति समाजका केन्द्रिय वरिष्ठ उपसभापति सुशील बस्नेतले जानकारी दिनुभयो । रुकुमकोटको मुख्य चौकमा आयोजित कोण सभामा बस्नेतले सम्बोधन गर्नुहुदै जलबयु परिवर्तनको प्रभावले मानिसको स्वास्थमा समेत असर पार्दै गएको बताउनु भयो । त्यसकालागी हिमाल लाई बचाउनु पर्ने नदिलाई जोगाउन पर्ने बताउनुपर्नेमा जोड दिनुभयो । उहाँले लागुऔषध दुर्ब्यसनीले परिवार र समुदायमा पारेको प्रभाव, रुस र युक्रेन बिचको युद्धले बिश्वमा पारेको असर, गुणस्तर स्वास्थ सेवा र बैज्ञानिक शिक्षाका बिषयमा चर्चा गर्नुभयो ।
यसका लागि शान्ति समाजले लामोसमय देखी अभियान सन्चालन गर्दै आएको बताउनुभयो ।
त्यस क्रममा केन्द्रिय सचिव निर्मल नेपालीले हिमालय बचाउ नदि जोगाउ अभियानका बारेमा चर्चा गर्नु भयो । शान्ति समाज दाङका सभापति तुलसीराम सुनारले युद्ध निषेध शान्ति र शान्ति समाज दाङका सदस्य माधब बस्नेतले लागू औषध र मदिरा दुर्ब्यसन विरुद्धको अभियानका बारेमा तयार गरिएको सामाग्री प्रस्तुत गर्नुभएको थियो ।
उक्त कोणसभामा नागरिक समाज रुकुमपुर्बका हरिकृष्ण गौतम, रुकुमकोट उधोग बाणिज्य संघका अध्यक्ष यज्ञप्रकाश मल्ल,संबाद समूह लुम्बिनीका सदस्य भिमबहादुर खड्का,सहकारी संस्था रुकुम पुर्बका अध्यक्ष वसन्त श्रेष्ठ लगायतले अभियान प्रती एक्केबद्वता जनाउनुभएको थियो ।
कार्यक्रमको सहजीकरण दाङ शाखाका कोषाध्यक्ष कोमल डिसीले गर्नुभएको थियो । अभियानको दोश्रो दिन रुकुम पश्चिमको सदरमुकाम हुँदै ल्यानको श्रीनगर, दाङको तुलसीपुर, रोल्पाको होलेरी र प्युठानको स्वर्गद्वारीमा गरिने केन्द्रिय वरिष्ठ उपसभापति बस्नेतले जानकारी दिनुभयो ।