चिराघाटमा विविध कार्यक्रम

निराश पान्डे,
शान्तिनगर १७ फागुन ।


आज माहासिबरात्रीको दिन शान्तिनगर ४ स्थित चिराघाटमा विविध कार्यक्रम सहित सम्पन्न भएको छ। महेश्वर शिव मन्दिर चिराघाट ब्यबस्थापन समितीका अध्यक्ष नन्द लाल पान्डेको अध्यक्षतामा भएको कार्यक्रममा विविध सांस्कृतिक कार्यक्रम सहित पुजा अर्चना गरिएको थियो। मन्दिर का पुजारी जीव राज देबकोटाले दर्सालु भक्त जनहरु लाई टीका लगाइ दिनु भएको थियो । मन्दिरमा १२ हजार ७ सय नब्बे आर्थिक संकलन भएको समितिका सचिब गंगाधर पान्डे ले जानकारी दिनु भएको छ। आजको कार्यक्रममा सोरठी , भजन कृतन र झाप्रे नाच प्रस्तुत गरिएको थियो।