राप्ती प्रतिष्ठानद्वारा एमडि/एमएसको पाठ्यक्रम विकाससम्बन्धी कार्यशाला गोष्ठी आयोजना

काठमाडौं, ६ फागुन ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको दुई दिने पाठ्यक्रम विकास कार्यशाला गोष्ठी सुरू भएको छ। प्रतिष्ठानले शुक्रबारबाट काठमाडौंमा गोष्ठी सुरू गरेको हो।

प्रतिष्ठानले स्त्री तथा प्रसुती रोग, अर्थोपेडिक सर्जरी, इन्टरनल मेडिसिन, जनरल प्राक्टिस र इमर्जेन्सी मेडिसिन गरी चार विधामा स्नातकोत्तर तहको पाठ्यक्रम विकास गरेको रजिष्ट्रार प्रकाश थापाले जानकारी दिए।

कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्य मन्त्रालयका सचिव डा रोशन पोख्रेलले पाठ्यक्रम पास भएर छिट्टै पढाइ सुचारु हुने विश्वास व्यक्त गरे। साथै, उनले पाठ्यक्रमको विकासको लागि प्रतिष्ठानले गरेको मेहेनतको प्रसंशा गरे।


कार्यक्रममा युनिभर्सल मेडिकल कलेज भैरहवा, त्रिवि शिक्षण अस्पताल महाराजगन्ज,पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा काठमाडौं विश्वविद्यालयका विशेषज्ञ प्राध्यापकहरूको उपस्थिति छ। कार्यक्रममा प्रतिष्ठानका उपकुलपती डा. बिकास लामीछानेको उपस्थिती रहेको थियो ।