
तुलसीपुर, १९ बैशाख ।
नेपाल उद्योग व्यापार महासंघको चौथो साधारणसभा तथा दोस्रो राष्ट्रिय महाधिवेशनका अवसरमा महासंघ घोराही कमिटिलाई सम्मान गरेको छ ।
नियमित बैठक सञ्चालन, कार्यालय व्यवस्थापन, सदस्य संख्या, सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान, सरोकारवाला तथा सरकारी निकायसँग प्रभावकारी समन्वय गरेको भन्दै सम्मान प्रदान गरिएको हो ।
नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले नगर अध्यक्ष महेन्द्र बुढाथोकीलाई सम्मान पत्र प्रदान गरेका हुन् । गैडाकोटमा भएको उद्घाटन समारोहमा यसरी सम्मान प्रदान गरिएको हो ।



लाइभदाङ । १९ बैशाख २०८३, शनिबार १७:०६ बजे