पवननगर खानेपानीमा अध्ययन समितिले भेटायो घोटालै–घोटाला, अध्ययन समितिको प्रतिबेदन लत्याउदै पारीत भयो आर्थिक प्रतिवेदन

७१ धाराको ११ लाख ३६ हजार गायब

दाङ,१६ फागुन । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. १ र २ मा सेवा प्रवाह गर्दै आएको पवननगर खानेपानी उपभोक्ता तथा सरसफाई समिति विवादित बनेको छ । संस्थाले जडान गरेका धारा मध्ये ७१ वटा धाराको रकम नै आर्थिक प्रतिवेदनमा देखाईएको छैन । गएको माघ ५ गते भएको सर्वदलिय भेलाले आर्थिक प्रतिवेदनमा शंका उत्पन्न भएपछि सबै राजनीतिक दल सम्मिलिन अध्ययन समिति निर्माण गरेको थियो ।

त्यो समितिले अध्ययन गर्दा अहिले ७१ वटा धारा बापतको शूल्क नै गायब भएको पाईएको छ । अध्ययन समितिका संयोजक डिल्लु प्रसाद न्यौपानेका अनुसार एउटा धाराको १६ हजारका दरले करिब ११ लाख ३६ हजार रुपैँया आर्थिक प्रतिवेदनमा भेटिएको छैन । हालको कार्य समितिले ४४० धारा जडान गरेको आफ्नो प्रतिवेदनमा राखेको छ । जसमा २९९ धाराको मात्रै आम्दानी जोडिएको छ ।

२९९ धारा मध्ये ७० वटा धाराको अघिल्लो कार्यसमितिले नै पैसा लिएको र अहिलेको कार्यसमितिले धारा जडान गरेको भनि त्यही अनुसार आम्दानी देखाईएको छ । बाँकी रहेका ७१ वटा धाराको भने आम्दानी पनि नदेखाईएको पाईएको संयोजक न्यौपानेले बताए ।‘यो तीन बर्षको कार्यकालमा यो समितिले ४४० धारा जोडेको छ’,उनले भने‘तर आम्दानी दुईसय ९९ धाराको मात्रै देखाएको छ । २९९ मध्ये ७० वटा धारा अघिल्लो कार्यसमितिले पैसा लिइसकेको भएपनि बाँकी ७१ वटा धाराको शूल्क त देखाउनु पर्ने, तर त्यो देखाईएको छैन ।’ त्यो रकम कहाँ गयो, कसरी हिसाबमा देखिएन, भन्ने कुरा खोजिनीति हुनुपर्ने समेत उनले बताए । अघिल्लो कार्य समितिले ७० वटा धारा जडानको शूल्क लिइसकेको भनिएपनि त्यसको रसिद, भौचर समेत उपलब्ध नगराएको उनको भनाई छ ।

एउटा धारा जडानको शूल्क १६ हजार रहेको छ । आफूहरुले यो प्रतिवेदन तयार गरेर सबै राजनीतिक दलहरुलाई बुझाई सकेको समेत उनले बताए । यसमा स्थानीय सरकारले पनि गम्भीर भएर सोच्नुपर्ने उनको भनाई छ । संस्थाका कोषाध्यक्ष शंकर डाँगीले भने विल,भरपाई,अडिट अनुसार धाराको संख्या एकीन भएको बताए । आफूहरुले भौचर ठेलीहरु पनि उपलब्ध गराएको उनको भनाई थियो ।

शनिबार अध्ययन समितिको प्रतिवेदनलाई नै लत्याउँदै बन्दसत्रबाट घोटाला भएको भनिएको आर्थिक प्रतिवेदन नै पारीत गरियो । अध्ययन समितिले तयार गरेको प्रतिवेदनमा कुनै पनि छलफल भएन । स्रोतका अनुसार १२५० धारा मध्ये ५७१ जनाले यस अघि नै हस्ताक्षर गराएर उनीहरुले बन्दशत्रमा जबरजस्ती प्रस्तुत गरे र केही ब्यक्तीले मात्रै हुन्छ, भन्दा पास भएको घोषणा गरे । हलमा भएका धेरैजनाले यसमा आपत्ति जनाउँदा पनि उनीहरुले त्यसलाई कुनै पनि मतलब गरेनन् । अध्ययन समितिमा माओवादी केन्द्रबाट न्यौपाने थिए, भने एमालेका इमप्रसाद धिताल, काँग्रेसका लोकराज भुषाल, विप्लव निकट नेकपाबाट प्रमोद कडेँल,समाजवादीबाट संदिप बस्याललाई राजनीतिक दलले छनोट गरेका थिए ।

भेटिए थुप्रै त्रुटी

अध्ययन समितिले संस्थाका अन्य त्रुटीहरु पनि देखाएको छ । समितिको प्रतिवेदन अनुसार बचतमा अडिटरले अडिट गर्न छुटाएको रकम समेत जोडिएको छ । त्यस्तै आय–व्यायको प्रतिवेदनमा पर्खाल, भवन, गेट, प्रतिक्षालय निर्माणकालागि १८ लाख २७ हजार पाँचसय ८ रुपैँया थप लगानी गरिएको भएपनि त्यसको खर्च गर्ने आधार र औपचारिक निर्णय नै नभएको पाईएको छ । त्यस्तै तुलसीपुर उपमहानगरपालिकाले दिएको भनिएको ९ लाख बराबरको पाईपको समेत कुनै विवरण नभएको, अनुदानमा आएको पाईप र खरिद गरेको पाइपको विवरण नछुट्याएको पाईएको संयोजक न्यौपानेले बताए । त्यस्तै खानेपानीको भौचर नं. १८१ मा ढुवानी खर्च स्पस्ट नभएको, आर्थिक बर्ष २०७५ असोज २९ गतेदेखि २०७६ असार २३ गतेसम्मको बैठक भत्ताको माइन्यूट नदेखाएको तर, बैठक भक्ताको बिल भरपाई देखाएको समेत पाईएको छ ।


त्यस्तै योजना माग गर्दा हुने खर्चको निर्णय नदेखिएको तर,खर्चको भर्पाइ भएको, पलम्बरको खाना, नास्ताको खर्च स्पस्ट नभएको, बैैक स्टिमेट अनुसारको आम्दानी प्रतिवेदनमा फरक देखिएको, पाईपलाईन खन्दाको खर्च स्पस्ट नभएको पाईएको छ । त्यस्तै २०७४÷०७५ को साधारणसभाको माइन्यूट प्रतिवेदन केही उपलब्ध नभएको, बैंक स्टिेटमेन्टमा उल्लेख भएको रकम मध्ये केही रकम अडिटरले अडिटमा छुटाएको भन्ने भनाई रहेपनि पुष्टि नभएको संयोजक न्यौपानेले बताए ।

यस विषयमा कोषाध्यक्ष डाँगीले भने अध्ययन समितिको प्रतिवेदनमा नै त्रुटी भएको बताए । उनले भने‘अध्ययन समितिले नै हेर्न नजानेर हो की, हामीले त विल,भरपाई,अडिट रिपोर्ट सबै बुझाएका छौं ।’ यो विषयमा विवाद समाधानकालागि सबै राजनीतिक दललाई जिम्मा दिएको भन्दै त्यसको निचोडका आधारमा अघि बढ्ने तुलसीपुर उपमहानगरपालिका वडा नं. १ का वडाध्यक्ष लक्ष्मण भण्डारीले बताए ।

यस्तो छ प्रतिवेदन:

No description available.No description available.No description available.

साभारः अग्रिम साप्ताहिक

May be an image of 1 person, standing and text that says 'भाडामा तलसीपरको लाईन ठिक अगिम यात्रा www.livedang.com साप्ताहिक WEEKLY सोमबार (Agrim Weekly, Feb. प्रयोजनको उपयोगी न.रटप१२०५५३९ Monday 2022) www.livedang.com पृष्ठ६ मुल्यर.१० पवननगर खानेपानीमा अध्ययन समितिले भेटायो घोटालै-घोटाला अध्ययन समितिको प्रतिबेदन लत्याउदै पारीत भयो आर्थिक प्रतिवेदन ७१ धाराको ੧੧ लाख ३६ हजार गायब तुलसीपुर सेवाहरु विस्तारमा नेपालीजनताजे पर्धानमन्तरी गछन हितमाछ भनेर गदिउनत्र पोलिक्लिनिक লি वरिष्ठ छाति, कलेज वरिष्ठ पाण्डे वरिष्ठ ऐक्सरे अजय रेग्मी वरिष्ठ महिला बसन्त रेग्मी मेडिकल अफिसर पणिडितदरा थापा POLYCLINIC 《सन्तोष>>'