
तुलसीपुर, १० असार । दाङको तुलसीपुर उपमहानगरपालिकाले आगामी आर्थिक बर्षको बजेटमा टरिगाउँ एयरपोर्टकोे स्तरबृद्धिकालागि संघ र प्रदेशसंग समन्वय गर्ने जनाएको छ ।
उपप्रमुख स्यानी चौधरीले बजेट प्रस्तुत गर्दै विमानस्थलको स्तरबृद्धिसंग पहल गरि स्तरबृद्धि गर्ने कुरा सभामा प्रस्तुत गरिन । उक्त विमानस्थललाई संघ र प्रदेशले स्पस्ट रुपमा बजेट भने बिनियोजन गरेका छैनन् ।
यद्यपी टरिगाउँ एयरपोर्टसहित तीन वटा विमानस्थलको स्तरबृद्धिकालागि भनेर ५० करोड बजेट छ । त्यसबाट अलि धेरै दाङ ल्याउन सकिन्छ, की भनेर पहल भइरहेको छ ।



लाइभदाङ । १० असार २०८२, मंगलवार २३:११ बजे