तुलसीपुर
१३ फागुन / दाङको शान्तिनगर गाउँपालिका वडा नं. ३ स्थित आधारभूत विद्यालय केराघारीमा भवन निर्माण सुरु भएको छ ।
८ लाखको लागतमा निर्माण हुन लागेको उक्त भवनको सिलन्यास राष्ट्रियसभा सदस्य जगप्रसाद शर्मा‘अपार’ले गरेका हुन् । प्रतिस्थापन बजेटबाट परेको ८ लाखले भवन निर्माणको काम सुरु भएको हो । उक्त भवन निर्माण कार्य यही चैत ३० गते सक्नु पर्नेछ । प्रदेश सरकारको बजेटबाट भवन निर्माण हुन लागेको हो ।
अपारको पहलमा उक्त बजेट परेको थियो । त्यस अवसरमा उक्त भवन निर्माणको काम समयमै पूरा गर्न निर्देशन दिए । विकास निर्माणमा ढिलासुस्ती नगर्न अनुरोध गरेका हुन् । साथै विद्यालयमा खानेपानी र तारबारको समस्या रहेको भन्दै त्यो समस्या समाधान गर्न तर्फ पनि ध्यान दिने बताए । त्यो समस्या केही समयमा हल गर्ने समेत उनको भनाई थियो ।
विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष विरबहादुर बिकको अध्यक्षतामा भाएको कार्यक्रममा प्रधानाध्यापक मिनबहादुर कसीले स्वागत गरेका थिए । कक्षा ५ सम्म सञ्चालित उक्त विद्यालयमा हाल ८५ विद्यार्थी अध्ययनरत छन् ।
लाइभदाङ । १३ फाल्गुन २०७८, शुक्रबार १९:५६ बजे