न्यूस्टारका विद्यार्थी विदामा सिक्दै छन् दुनाटपरीदेखि उद्घोषणसम्म

तुलसीपुर, ९ कात्तिक । चाडपर्वको विदाको समयलाई मध्येनजर गरि दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं.१८ स्थित न्यूस्टार इग्लिस बोर्डिङ स्कुलले बिभिन्न तालिम सञ्चालन गरेको छ ।

विद्यार्थीहरुलाई हाउस वाइरिङ, दुना टपरी बनाउने तालिम, कबिता तथा कथा लेखन, उद्घोषणा र नापीसम्बन्धि तालिम प्रदान गर्न थालिएको प्रिन्सिपल शरण जिएमले बताए ।

उनका अनुसार विहीबारदेखि सुरु भएको तालिम चार दिनसम्म चल्ने छ । विद्यार्थीहरुको चाहाना अनुसार यो तालिम सञ्चालन गरिएको हो । खाली समयमा यस्ता तालिमले विद्यार्थीहरुको क्षमता विस्तार हुने प्रिन्सिपल जिएमले बताए । उनका अनुसार मानव जीवनमा आबश्यक पर्ने कुराहरु सिकाउँदा जीवनयापनमा सहज हुनेछ ।


चाडपर्वको विदामा त्यतिकै बस्नु भन्दा केही सीप सिकाउनु पर्छ, भन्ने मान्यता अनुसार यो कार्य गरिएको उहाँले बताए ।“चाडपर्वको समयमा खाली बस्नु भन्दा केही जीवन उपयोगी सीप सिकाउने हाम्रो योजना बन्यो, विद्यार्थीहरुले पनि चासो दिनुभयो”,उनले भने “त्यसपछि यो कार्यक्रम सुरु गरिएको हो ।” विज्ञहरुलाई बोलाएर तालिम दिन लागिएको हो । कक्षा ७ देखि १० सम्मका १६० विद्यार्थीहरु उक्त कार्यमा सहभागि भएका छन् ।