गणेशपुर पार्कको अध्यक्षमा भण्डारी

तुलसीपुर, ९ पुस । दाङको तुलसीपुर ७ स्थित राप्ती शान्ति उद्यान(गणेशपुर) पार्कको अध्यक्षमा एमालेका डिल्लीराज भण्डारी विजयी भएका छन् । उनले २९७ मत ल्याएका छन्, भने उनका प्रतिस्पर्धी गठबन्धनका तर्फबाट उम्मेदवार बनेका काँग्रेसका इन्दिरा शर्माले १३४ मत प्राप्त गरेकी छन् । भण्डारी निर्वतमान अध्यक्ष हुन्, भने शर्मा कोषाध्यक्ष हुन् । उनीहरुबीचको मतान्तर १६३ रहेको छ ।

त्यस्तै कोषाध्यक्षमा पनि एमालेकै ढुण्डीराज पराजुली विजयी भएका छन् । उनले २५३ मत ल्याएका छन्, भने उनका प्रतिस्पर्धी गठबन्धनबाट काँग्रेसका चिरिन्जिवी रिजालले १६६ मत ल्याएका छन् । उनीहरुबीचको मतान्तर ८७ रहेको छ । आज भएको निर्वाचनमा ४ सय ५१ मत खसेको थियो ।


अध्यक्ष र कोषाध्यक्षमा निर्वाचन भएको हो । त्यो बाहेक अन्य पदमा भने सर्वसम्मत नेतृत्व चयन भइसकेको छ । सचिबमा जनमोर्चाका कृष्ण पोखरेल निर्विरोध निर्वाचित भइसकेको छन् । त्यस्तै सदस्यहरुमा एमालेका बालाराम रेग्मी, काँग्रेसका छबिलाल पन्थी, एकीकृत समाजवादीका माधव गिरी, विप्वल निकट नेकपाका भक्तिराम भण्डारी, बाबुराम भट्टराईको नेपाल समाजवादी पार्टीका टुकलाल भण्डारी सर्वसम्मत भएका छन् ।