नबुझ्ने मान्छे नेतृत्वमा हुँदा काम गर्न गाह्रो हुँदो रहेछः उपप्रमुख चौधरी

दाङ,२९ वैशाख ।
दाङ तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीले नबुझ्ने मान्छे नेतृत्वमा हुँदा काम गर्न निकै गाह्रो हुने बताएकी छन् । तुलसीपुरमा आयोजित एक कार्यक्रममा चौधरीले विकासमा कसैलाई भेदभाव नगरौं भन्दा पनि थुप्रै हस्तक्ष हुँदा काम गर्न गाह्रो हुने गरेको बताईन् ।‘मेरो दिमागमा पुरै विकास भन्ने छ, विकास इक्वेलिटि हुनुपर्छ, भन्ने छ’,उनले भनिन्‘तर, हस्तक्षप गर्ने थुप्रै तत्वहरु हुदा रहेछन्, मैले पनि पोल्टिकल साइन्स पढेकी हुँ, त्यसमा समान विकास हुन्छ, भन्ने थियो, तर बास्तबिक त्यस्तो हुँदो रहेनछ ।’

विकास प्रक्रियागत रुपमा हुनुपर्ने भएपनि नबुझ्ने नेतृत्वले गर्दा विकास गर्न नसकिएको समेत बताईन् ।‘राजनीति फोहरी खेल भनेर सबैले भन्ने गरेको भएपनि मैले राजनीतिक शास्त्र पढ्दा त्यसमा फोहोरी खेल भन्ने कुरा किताबमा थिएन’,उनले भनिन्‘ मैले राम्रो नेतृत्वले विकास गर्न सक्छ, भन्ने बुझेको थिए, तर, त्यस्तो हुदो रहेनछ ।’

आफू उपप्रमुख भएको र आफू भन्दा माथि प्रमुख रहेको भन्दै प्रमुखले धेरै कुरामा हस्तक्षप गरेको उनको भनाई थियो । यसरी जाँदा ५ बर्षमा उल्लेख्य विकास गर्न सकिनेमा पनि उनको चिन्ता थियो ।‘नाम मात्रैको नेतृत्व भयो, काम केही भएन, गरीब,दुःखीलाई खुसी बनाउने गरि काम गर्नुपर्छ भनेर मैले भन्छ’,उनले भनिन्‘तर, स–साना निर्णय गर्न पनि नसक्ने, धेरै समय लड्काईदिने गर्दा धेरै काम रोकिएको बताईन् ।’


तुलसीपुरमा स्थायी फोहर ब्यबस्थापन हुन नसक्दा समस्या हुने गरेको भन्दै यसकालागि उपमहानगरपालिकालाई आम्दानी हुने गरि प्रसोधन गर्ने तथा सिसाबाट इट्टा बनाउने प्राजेक्ट आफूले तयार गरेको भएपनि त्यसमा मेयरले नै कुनै सहयोग नगरेको उनको गुनासो छ ।

समाजमा वातावरणीय शिक्षाको विकास(सीड) र जुरी नेपालको आयोजना तथा गैर सरकारी महासंघ दाङ, ईएससीआरको सहकार्य एवं आईएम नेपालको सहयोगमा आयोजित आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार अनुगमन सम्बन्धि कार्यशाला तथा बार्षिक बैठक कार्यक्रममा उनले यस्तो बताईन् । उक्त कार्यशाला तुलसीपुरमा विहीबार र शुक्रबार चल्नेछ । सीडका अध्यक्ष राममोति चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा गैरसरकारी महासंघ दाङका अध्यक्ष भागीराम चौधरीले स्वागत मन्तब्य ब्यक्त गरेका थिए, भने सीडका कार्यक्रम संयोजक उमेश खरेलले सहजीकरण गरेका थिए ।