तुलसीपुर १८ बालश्रममुक्त घोषणा हुँदै

दाङ
६ असोज / तुलसीपुर उपमहानगरपालिकाको वडा नं. १८ लाई बालश्रम मुक्त वडा घोषणा गरिदैछ । तुलसीपुर उपमहानगरपालिकाको चौथो वडाका रुपमा उक्त वडालाई बालश्रम मुक्त घोषणा गर्न लागिएको हो ।

विहीबार वडा कार्यालयमा पत्रकार सम्मेलन गरि वडालाई शुक्रबार बालश्रम मुक्त घोषणा गर्न लागिएको वडाध्यक्ष माधव वलीले बताए ।


उनका अनुसार वडामा रहेका ३२ जना बालबालिका मध्ये १० जना अतिसंबेदनशिल अबस्थामा रहेको र उनीहरुलाई ब्यबस्थापन गरिएको छ । यो संगै वडामा बालश्रमिक नरहेको उनले बताए । यो संगै वडाले बिभिन्न सूचक पूरा गरिसकेकाले बालश्रममुक्त घोषणा गर्न लागिएको हो ।

पत्रकार सम्मेलनको सहजीकरण वडा सचिव राम कुमारी मरासिनीले गरेकी थिइन् । तुलसीपुरका वडा नम्बर १, २ र ६ यस अघिनै बालश्रम मुक्त वडा घोषणा भईसकेका छन् ।