संचारकर्मी भट्टाराई सम्मानित

दाङ,१४ जेठ ।

नेपाल निमार्ण व्यवसायी महासंघ लुम्बिनी प्रदेशले दाङका संचारकर्मी निशान दाजु भट्टाराई लाई सम्मान गरेको छ । आज लुम्बिनी प्रदेशको राजधानी दाङको भालुबाङमा आयोजित नेपाल निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेशको विशेष साधारण सभाको अवसरमा भट्टाराई नगदसहित सम्मानित भएका हुन् ।


विकास निर्माण र निर्माण व्यवसायीको पक्षमा पत्रकारीताको माध्यमबाट बलम चलाई महत्वपूर्ण भुमिका निर्वाह गर्नु भएको भन्दै महासंघले भट्टाराईलाई सम्मान गरेको हो ।

निर्माण व्यवसायी महासंघ लुम्बिनी प्रदेश अध्यक्ष बलिभद्र राना र महासंघका केन्द्रिय उपाध्यक्ष टोपबहादुर रायमाझीले उनलाई टिका, खादा र माला लगाएर सम्मान गरेका हुन् । त्यस्तै सेतोपाटि अनलाइनका दाङ समाचारदाता नारायण खड्कालाई पनि सम्मान गरिएको थियो ।