तुलसीपुरबाट यसरी भयो अपहरण,पाँच जना पक्राउ

दाङ
१० फागुन / दाङको तुलसीपुरमा अपहरण गरि कुटपिट गर्ने पाँच जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा तुलसीपुर ३ निवासी १९ बर्षीय निशान शाही ठकुरी, सोही वडाको गहते निवासी २४ बर्षीया सुमित भण्डारी,वडा नंं ९ निवासी २३ बर्षीय प्रेम डाँगी, सोही वडाका २४ बर्षीय दुर्गेश शर्मा र वडा नं. ८ बस्ने २१ बर्षीय कमल विक रहेका छन् । तुलसीपुर ८ नयाँ बस्ती बस्ने २० बर्षीय बिशाल सुनार भने फरार रहेको प्रहरीले बताएको छ । उनीहरुले ब्यक्तीलाई बन्धन बनाएर कुटपिट गरेको पक्राउ गरिएको हो ।

यस्ता छ घटना विवरण
सल्यान बागचौर नगरपालिका वडा नं. ९ घरभई बेलुवामा कोठाभाडा लिएर बस्दै आएका १९ बर्षीय ललित वली र उनकी बहिनी मनिषा वलीले तुलसीपुर उपमहानगरपालिका वडा नं.३ दमारगाउँ नजिकै जंगलमा टिकटक बनाउँदै थिए ।

सोमबार दिउसो २ बजेतिर टिकटक बनाउँदै गर्दा ठकुरी र शर्मा त्यही पुगेका थिए । त्यही क्रममा ठकुरी र शर्माले ललितलाई ‘यहाँ आउ’ भनि बोलाउँदा ‘ललितले किन हो ? के काम छ ?’ भनेर जवाफ फर्काए । त्यसपछि ठकुरी र शर्माले ‘तँ बढि बोल्ने?’ भनि ललित वलीलाई बल जफती गरे । उनीहरुले चलाए ल्याएको नम्बर नखुलेको मोटरसाईलकमा राखि जंगलतर्फ पनि लगे । सोही क्रममा ललित र मनिशा दुबैले आफूसंग डेरा गरी बस्ने रमन डाँगीलाई सम्पर्क गरि बोलाए । केही समयमा डाँगी मोटरसाईकलमा ललित र मनिषाले टिकटक बनाउन भनि गएको स्थानमा पुगे । डाँगी त्यहाँ पुग्दा ललितलाई बीचमा राखेर टिकटक बनाउन भनि गएको स्थानमै ल्याईपु¥याएका थिए ।


पछि डाँगीले ‘ललितलाई मोटरसाईकलमा राखि लिनुभएको हो?’ भनि सोधे । त्यो सोधेपछि शर्मा र ठकूरीले डाँगीमाथि पनि अस्लिल शब्द प्रयोग गरेर गाली गर्नुकासाथै कुटपिट गरे । त्यसपछि दुबै जना मिलेर डाँगीलाई जंगलतर्फ लगे । त्यो कुरा ललितले ईप्रका तुलसीपुरलाई खबर गरेपछि गएको प्रहरी टोलीले सवा ६ बजेतिर तुलसीपुर ८ गहतेको खोला पुलको २/३ सय मिटर उत्तर खेत बारीमा उनीहरुले डाँगीलाई घेरा बन्दी गरि राखेको अबस्थामा फेला पारी उद्दार गरेको हो ।

अपहरण गर्ने दुईजनाले अन्य ४ जनालाई फोन गरेर समेत बोलाए । अन्य चारजना पनि आए । चारैजनाले रमनलाई कुटपिट गरे ।‘मुड्कीले,लात्तिले हान्दासम्म हाने’,उनले प्रहरी समक्ष बयान दिए । सोमबार राति साढे ६ बजेतिर मात्रै उनीहरुलाई पक्राउ गरिएको हो ।

त्यो समूह त्यस क्षेत्रमा गुण्डागर्दी गरेर हिड्ने समूह रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले बताए ।‘पढेलेखेका छैनन, बेरोजगार केटाहरु रहेछन्’,उनलेभने‘उनीहरु त्यहाँ गाउँका मान्छेहरुलाई पनि डर धम्की दिने, नयाँ मान्छे गएपछि धम्काउने गर्ने समूह रहेछ ।’ उनीहरुलाई प्रहरीको टोलीले घेरा हालेर पक्राउ गर्न सफल भएको उनको भनाई छ । पीडित पक्षले कुटपिट गरी अपहरण तथा शरिर बन्धन गरेको भनि जाहेरी परेपछि जिल्ला अदालत दाङबाट ६ दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।