चन्द्रज्योतिका विद्यार्थी जब किसानको खेतमा पुगे….

तुलसीपुर, १५ असार । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं.२ स्थित चन्द्र ज्योति माध्यामिक विद्यालयका विद्यार्थीहरुले किसानको खेतमा गएर धान रोप्न सघाएका छन् । धान दिवसको अवसरमा आईतबार सोही वडाको सुनडबरीमा पुगेर धान रोपेका हुन् ।

विद्यार्थीहरुलाई कृषिको महत्व बुझाउन यसरी खेतमै लगेको विद्यालयका प्रिन्सिपल नरेश केसीले बताए । उनका अनुसार यसले विद्यार्थीहरुलाई प्रयोगात्मक ज्ञानमा बृद्धि गर्ने उनको भनाई थियो ।

विद्यार्थीहरुलाई धान दिवसको महत्व बुझाउनसाथै किसानका समस्या, कृषि पेशाका सम्भावना बुझाउनकालागि खेतमै लगेको उनको भनाई थियो । धान दिवसको अवसरमा आईतबार कक्षा ७ देखि १० सम्मका विद्यार्थीहरुलाई खेतमा लगिएको हो ।


जहाँ विद्यार्थीहरुले किसानको खेतमा पुगेर धान रोपेका थिए । विद्यार्थीहरुलाई किताबी ज्ञान मात्रै नभई ब्यबहारिक ज्ञान दिन पनि यो कार्य गरिएको प्रधानाध्यापक केसीले बताए । साथै सोही अवसरमा विद्यार्थीहरुले बृक्षरोपन समेत गरेका थिए ।

https://www.facebook.com/share/v/1BufAwDP4R/