आज मंगलबार तपाईंको राशिफल 

मिति २०८२ भदौ १० गते ।

मेष : धन लाभ हुने सम्भावना प्रबल छ। व्यापारमा फाइदा हुनेछ, रोकिएका काम पूरा हुनेछन्। पारिवारिक वातावरण मधुर रहनेछ। तर स्वास्थ्यमा ध्यान दिनुहोस्, सानो चोटपटकको योग देखिन्छ।
वृष : समाजमा प्रतिष्ठा बढ्नेछ। आर्थिक लाभका नयाँ स्रोत खुल्नेछन्। तर खर्च पनि बढ्ने सम्भावना छ। व्यवहारमा संयमता आवश्यक छ, नत्र विवाद हुनसक्छ।

मिथुन : व्यापार तथा सम्पत्तिसम्बन्धी काममा लाभ हुनेछ। नयाँ सम्झौता वा योजना सफल हुनेछ। पारिवारिक खुसी बढ्नेछ। अध्ययनमा मन लाग्नेछ।

कर्कट :  आज खर्च बढ्ने देखिन्छ। मानसिक अशान्ति र तनाव हुनसक्छ। अनावश्यक विवादमा नपर्नुहोस्। यात्रा गर्दा सावधानी अपनाउनुहोस्।

सिंह : धन र सम्मान दुवै बढ्नेछ। नयाँ साथी वा सम्पर्कबाट फाइदा हुनेछ। तर आत्मअहंकार नियन्त्रण गर्नुहोस्। प्रेमसम्बन्धमा सावधानी अपनाउनुहोस्।

कन्या : कार्यस्थलमा जिम्मेवारी बढ्नेछ। सरकारी वा कानुनी पक्षमा लाभ मिल्नेछ। आत्मबल उच्च रहनेछ। तर परिवारमा केही मतभेद हुनसक्छ।

तुला : धार्मिक तथा सांस्कृतिक कार्यमा मन जानेछ। विदेशी सम्पर्कबाट लाभ हुने सम्भावना छ। पढाइमा मन लाग्नेछ। स्वास्थ्यमा सुधार हुनेछ।


वृश्चिक : आकस्मिक धन लाभको योग छ। नयाँ अवसर मिल्नेछ। तर गोप्य कुराहरू बाहिर ल्याउँदा समस्या हुनसक्छ। नजिकका व्यक्तिसँग छलफल गरेर निर्णय लिनुहोस्।

धनु : नयाँ जिम्मेवारी आउनेछ। विद्या र अध्ययनमा प्रगति हुनेछ। मानसिक शान्ति मिल्नेछ। लामो समयदेखि रोकिएका काम बन्नेछन्।

मकर : रोकिएको धन फिर्ता हुने योग छ। व्यापारमा नयाँ सम्झौता हुनेछ। परिवारसँग समय रमाइलो बित्नेछ। स्वास्थ्य राम्रो रहनेछ।

कुम्भ : करियरमा प्रगति र सम्मान मिल्नेछ। सहयोगीहरूबाट साथ पाइनेछ। तर आत्मसंयममा कमी आउन सक्छ। बोल्दा विचार गर्नुहोस्।

मीन : कलात्मक क्षेत्रमा लाभ हुनेछ। प्रेम र पारिवारिक जीवनमा मिठास बढ्नेछ। खर्च बढ्ने सम्भावना छ, आर्थिक योजना बनाएर अघि बढ्नुहोस्।

माधवा शर्मा
ज्योतिषाचार्य तथा वास्तु विद्
9848060799