
तुलसीपुर,१२ पुस । नेपाली कम्युनिष्ट पार्टी(नेकपा)ले दाङ क्षेत्र नं.३ कालागि धनबहादुर मास्कीको नाम एकल रुपमा सिफारिश गरेको छ ।
तत्कालिन माओवादी केन्द्रका क्षेत्रीय इन्चार्ज भिमबहादुर वलीका अनुसार मास्कीको नाममा सबैको सहमति भएको हो । मास्की लुम्बिनी प्रदेशका पूर्व अर्थमन्त्री हुन् ।
उनले अर्थमन्त्री हुँदा गरेको भूमिकालाई पश्चिम दाङले अनुमोदन गर्नुपर्ने भन्दै एकल नाम सिफारिश गरेको वलीले बताए । मास्की जनयुद्धका डिभिजन कमाण्डर पनि हुन् । यस अघि उनले दाङ क्षेत्र नं.३(२) बाट विजयी हाँसिल गरेका थिए । जिल्लाका तीन वटै निर्वाचन क्षेत्रबाट नाम सिफारिशकालागि पार्टीको जिल्ला स्तरीय बैठक आईतबार हुनेछ ।
जिल्ला सचिब विश्वराज आचार्यका अनुसार एकता अघिका सबै पार्टीका केन्द्रीय सदस्यहरुको बैठकबाट जिल्लाका तीन वटै निर्वाचन क्षेत्रका उम्मेदवारहरुको सिफारिश पठाइनेछ ।



लाइभदाङ । १२ पुष २०८२, शनिबार २०:११ बजे