
तुलसीपुर, १६ माघ । साधना पाठशाला तुलसीपुरको १५ औं वार्षिकोत्सव सम्पन्न भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ९ बेलुवा स्थित साधना पाठशालाको भव्य कार्यक्रमका बिच १५ औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको हो ।
विद्यालयका संस्थापक अध्यक्ष ओबिराम भण्डारीको अध्यक्षता तथा नेशनल प्याब्सनका केन्द्रिय उपाध्यक्ष प्रकाश कुमार शर्माको प्रमुख आतिथ्यता एवं नेशनल प्याव्सन दाङका अध्यक्ष भोजराज न्यौपानेको विशिस्ट आतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रकाश कुमार शर्माले शिक्षकहरुको लगनशीलता र मेहनतकै कारण साधना पाठशाला स्कुल शैक्षिक क्षेत्रमा अब्बल बन्दै गएको बताउनुभयो ।
त्यस्तै अभिभावकले आफ्नो बच्चा बच्चीलाई जस्तो संस्कार सिकायो त्यस्तै सिक्ने भएको हुदा आफ्नो छोराछोरीले त्यस्तै सिक्ने बताउनु भयो । बिशिस्ट अतिथी भोजराज न्यौपानेले बालबालिकाप्रती अभिभावकको भुमिकाको विषयमा चर्चा गर्नुभएको थियो ।
छोराछोरीका लागि पहिलो पाठशाला घर अनि पहिलो शिक्षक अभिभावक नै भएको उहाँको भनाई थियो । साथै उहाँले साधना पाठशालाले शैक्षिक क्षेत्रमा पुर्याएको योगदानको चर्चा गर्नुभएको थियो । विद्यालयहरुको भिडमा साधना पाठशालाले छुट्टै पहिचान बनाउन सफल भएको उहाँको भनाई थियो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक हरी प्रसाद भण्डारीले विद्यालयको समग्र विकासका लागि गुरुयोजना बनाएर अघि बढेको बताउनुभयो । गुणस्तरीय शिक्षा सँगै बालबालिकाहरुको सर्वाङ्गिण विकासका लागि पुर्ण रुपमा समर्पित भएको उहाँको भनाई थियो ।
त्यस्तै कार्यक्रममा वक्तित्वकला प्रतियोगिता समेत राखिएको थियो । कार्यक्रममा विद्यार्थीहरुले नृत्य, गित, नाटक प्रस्तुत गरेका थिए । विद्यालयले आयोजना गरेको सप्ताहव्यापी खेलकुद प्रतियोगितामा उत्कृष्ट हुने विद्यार्थीलाई सम्मान एवं पुरस्कृत गरिएको थियो ।
२०६७ सालमा स्थापना भएको साधना पाठशाला हाल कक्षा १० सम्म संचालणमा रहेको छ । पाठशालाले गुणस्तरीय शिक्षा सँगै खेलकुद र अतिरिक्त क्रियाकलापमा पनि उत्कृष्ट नतिजा हासिल गर्दै आएको छ ।
कार्यक्रमको सहजीकरण विद्यालयकि शिक्षिका पुजा परियारले गर्नुभएको थियो ।



लाइभदाङ । १७ माघ २०८२, शुक्रबार २३:०४ बजे