टरिगाउँ एयरपोर्टमा यस बर्ष बजेट पर्छः महासचिब पोख्रेल

तुलसीपुर,६ जेठ । नेकपा(एमाले)का महासचिब शंकर पोखरेलले दाङको तुलसीपुर स्थित टरिगाउँ विमानस्थलमा यो बर्ष बजेट पर्ने बताएका छन् ।

विजौरी–कोठेरी सडकको सिलन्यास गर्दै मंगलबार महासचिब पोख्रेलले टरिगाउँ एयरपोर्टलाई प्राथमिक योजनाका रुपमा अगाडी बढाएको बताए ।

“प्रधानमन्त्रीलाई पनि संयुक्त रुपमा ज्ञापनपत्र बुझाएका छौं, मन्त्रालयमा पनि प्रयाप्त छलफल भएको छ”,उनले भने “ दिर्घकालिन हिसाबले त्यो एयरपोर्ट प्रयाप्त छैन । तै पनि दंगालीको भावना यसरी त्यही एयरपोर्ट बनाउनुपर्छ भन्ने भावना जागृत भएकाले यो बर्षको बजेटमा समावेश हुनेछ ।


घोराही–तुलसीपुरको काम गर्ने ठेकेदार केही महिनाभित्र टुंगिन्छः महासचिब पोख्रेल