कबिता:पराधिन स्वीकार छैन !

हिरा सारथी

हामी सडकमै हुर्किएका हौ
पुनः देशले मागे
सडकमै जान कुनै बाह्र बर्ष लाग्ने छैन ।

हामी युद्धमै खारिएका हौ
पुनः देशले मागे
युद्ध मै जान कुनै बाह्र बर्ष लाग्ने छैन ।।


देशलाइ खाचो पर्दा
जीवन आहुती दिने कसम खाइ सकेका हामि
पुनः देश लाई खाचो पर्दा
जिबन आहुती दिन कुनै बाह्र बर्ष लाग्ने छैन ।।

स्वाधीन हाम्रो देश
स्वाधिन जीवन बाचिरहेका हामी
कुनै पनि सर्थमा
पराधिन स्विकार छैन ।
साभारः अग्रिम साप्ताहिक

May be an image of 9 people, people standing and text