‘स्पेलिङ कन्टेस्ट’मा हाम्रो पहुँचका सदिक्षा र निधित प्रथम

दाङ, ८ भदौ ।
स्पेलिङ कन्टेस्टमा हाम्रो पहुँच माध्यमिक विद्यालयका सदिक्षा शर्मा र निधित केसी प्रथम भएका छन् । निजि तथा आवासिय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) तुलसीपुुरले आयोजना गरेको ‘स्पेलिङ कन्टेस्ट’ मा हाम्रो पहुँच माविका सदिक्षा र निधितले प्रथम स्थान हासिल गरेका हुन् ।

२६ विद्यालय सहभागी प्रतियोगितामा २५ विद्यालयका प्रतियोगीलाई पछि पारेर हाम्रो पहुँच माविले प्रथम स्थान हासिल गरेको प्रधानाध्यापक डिआर भण्डारीले बताउनुभयो । प्रतियोगितामा लिटिल हेभन दोस्रो, अम्मर मावि तेस्रो र सरस्वती मावि सान्तोना भएका छन् ।

प्रतियोगितामा जित हासिल गर्नेले नगदसहित प्रमाणपत्र प्राप्त गरेका छन् । प्याब्सनका नगर अध्यक्ष गिरीराज डाँगीको अध्यक्षता तथा प्याब्सन लुम्बिनी प्रदेशका सल्लाहकार महेन्द्र अधिकारीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।


त्यस अवसरमा प्रमुख अतिथि अधिकारीले प्रतियोगिताले विद्यार्थीको क्षमता विकासमा महत्वपूणर् भूमिका खेल्ने बताउनुभयो । यस्तै प्याब्सनका जिल्ला सदस्य हरिपं्रसाद वली र विश्वमणी देवकोटाले विद्यार्थीलाई किताबी ज्ञानसंगै बाहिरी ज्ञानको विकास गराउनुपर्ने बताउनुभयो । त्यस अवसरमा एसईईमा उत्कृष्ट जिपिए ल्याउने तुलसीपुर क्षेत्रका विद्यार्थीलाई सम्मान गरिएको छ ।

उपाध्यक्ष डम्बर डाँगीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सहजीकरण सचिव बिष्णु योगीले गर्नुभएको हो ।