
दाङ
२१ भदौ / दाङका ५० वडामा नेपाली काँग्रेसको सर्वसम्मत नेतृत्व चयन भएको छ । एकसय वडा मध्ये ५० वडामा सर्वसम्मत नेतृत्व चयन भएको काँग्रेसका जिल्ला निर्वाचन अधिकृत प्रल्हाद कार्कीले बताए ।
उनका अनुसार अहिले पनि सर्वसम्मत नेतृत्व चयनकालागि पहल भइरहेको छ ।‘अहिलेसम्म दाङका ५० वटा वडामा सर्वसम्मत नेतृत्व चयन भइसकेको छ’, उनले भने‘आज साँझसम्म अझै बढ्ने देखिन्छ, जति सक्दो हामीले सर्वसम्मत नेतृत्व चयनलाई जोड दिएका छौं ।’
उनका अनुसार आईतबार उम्मेदवारी दर्ताको समय तोकिएको थियो, भने आज निर्वाचन तोकिएको थियो । तर, सर्वसम्मति हुने सन्दर्भमा निर्वाचन कार्यतालिकालाई हेरफेर गरिने समेत उनले बताए ।‘हामीले सर्वसम्मत नेतृत्व चयन गर्नकालागि वडा–वडाका निर्वाचन अधिकृतलाई निर्वाचनको तालीका हेरफेर गर्ने अधिकार पनि दिएका छौं’, उनले भने । दाङमा आज निर्वाचन तोकिएको थियो ।




लाइभदाङ । २१ भाद्र २०७८, सोमबार ०८:३७ बजे