दाङमा स्कारपियोको ठक्करबाट साइकल यात्रुको मृत्यु

दाङ, २ फागुन । दाङमा स्कारपियोको ठक्करबाट एक साइक यात्रुको मृत्यु भएको छ ।

बुधबार बेलुका साढे ४ बजेतिर पूर्वपश्चिम राजमार्ग अन्तर्गत लमही–भालुवाङ सडक खण्डको राप्ती गाउँपालिका ८ पिपरीमा पूर्वबाट पश्चिम तर्फ गईरहेको प्र ३–०१०२२ च १३६९ डब्बल क्याप स्कारपियोले सोही दिशा तर्फ गइरहेको साइकललाई ठक्कर दिदा साइकलमा सवार प्यूठान झिमरूक गाउँपालिका ८, गोवडी घर भई हाल राप्ती गाउँपालिका ८ पिपरी बस्ने ३५ वर्षिय राधा बस्नेतको मृत्यु भएको हो ।


बस्नेत सुनाखरी बचत तथा ऋण सहकारी संस्था लमहीमा बजार प्रतिनिधिको रूपमा कार्यरत थिइन् । दुर्घटनामा गम्भीर घाइते भएकी उनको लमही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक जनक बहादुर मल्लले बताए । उनको शवलाई लमही अस्पतालमा राखिएको छ ।

साथै सोही दुर्घटनामा परि उनकी बहिनी २० वर्षीया बिपना केसी गम्भीर घाइते भएकी छन् । उनको सिसहनियाँ स्वास्थ्य चौकीमा सामान्य उपचार पछि थप उपचारका लागि बुटवल पठाइएको छ । गाडी तिव्र गतिमा रहेको कारण दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ । ठक्कर दिने चालक फरार रहेका छन् ।