तुुलसीपुरबाट दुई ब्राउनसुगर कारोवारी पक्राउ

तुलसीपुर
९ फागुन / दाङको तुलसीपुरबाट दुई लागुऔषध कारोवारीलाई पक्राउ गरिएको छ ।

आईतबार साँझ ५ बजेतिर तुलसीपुर ५ न्यूरोड निवासी झुपलाल विकलाई पक्राउ गरिएको हो । उनको घरको कोठामा पाँचसय मिलिग्राम ब्राउन सगुरसहित पक्राउ गरिएको हो । उनले जिन्सको पाईन्टको दायाँ खल्तीमा प्लाष्टिकमा पोका पारी राखेको अवस्थामा १७ वटा पुडिया बरामद गरिएको हो ।

उनलाई पक्राउ गरेर अनुसन्धान गर्ने क्रममा तुलसीपुर उपमहानगरपाललिका वडा नं. १८ हेमन्तपुर निवासी २६ बर्षीय देबराज देबकोटाले पनि कारोबार गरिरहेको भन्ने सूचना पाएपछि उनलाई पनि पक्राउ गरिएको छ ।


आईतबार राति ७ बजेतिर घरमै राखिरहेको अबस्थामा १५ पुडियासहित पक्राउ गरिएको हो । जसमा ३ ग्राम ६८० मिलिग्राम ब्राउनसुगर रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले बताए ।

उनले घरको कोठा र दराजमा लुकाई राखेको अबस्थामा फेला परेको हो ।