सिकाई मेलामा पोखिए विद्यार्थीका प्रतिभाः मकै छोडाउने मेसिनदेखि दुर्घटना रोक्ने यन्त्रसम्म

दीपक बोहरा
तुलसीपुर, १५ पुस । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं.१२ स्थित मेट्रो कलेजका विद्यार्थीहरुले मकै छोडाउने मेसिन बनाएका छन् । कलेजमा डिप्लोमा ईन मेकालिनकल पढ्ने विद्यार्थीरुले मकै छोडाउने मेसिन बनाएका हुन । विद्यार्थी गिरीराज थापा, शुसिल चौधरी, ज्ञानबहादुर पुन, कृष्ण केसी, केशव खड्का, विक्रम खड्काले मानिशको दैनिक जीवनमा सहजता ल्याउनकालागि उक्त मेसिन बनाएको बताएका छन् ।“हरेकको घरमा मकै छोडाउनु पर्छ”, विद्यार्थी गिरीराज थापाले भन्नुभयो“त्यसलाई कसरी सहजता बनाउन सकिन्छ, भन्ने सोचेर यो मेसिन बनाएका हौं ।”

मेसिनमा सिंगै मकैको राखेमा छोडाएर एकातिर गेडा र अर्को तिर कोईला फाल्छ । चौथो सेमेस्टरमा अध्ययनतर विद्यार्थीहरुले करिब २० हजार लगानी बनाएर उक्त मेसिन बनाएका हुन् । त्यो मेसिनलाई अब ब्यबसायिक रुपमा लैजाने गरि तयारी थालिएको विद्यार्थी थापाले बताउनुभयो । त्यो मेसिनले एक घण्टासम्म १५० केजीसम्म मकै छोडाउन सक्छ ।

विद्युतबाट चल्ने उक्त मेसिन बनाउनकालागि कलेजले सहयोग गरेको विद्यार्थीहरुले बताएका छन् । ६ दिनमै उक्त मेसिन बनाएको विद्यार्थीहरुको भनाई छ ।

विद्यार्थीले बनाएको ‘भ्याकुम क्लिनर’
त्यस्तै तुलसीपुर उपमहानगरपालिका वडा नं.१३ स्थित जनज्योति मावि तुइरनीयापुरमा कक्षा ८ मा अध्ययनरत छात्राहरुले भ्याकुम क्लिनिकरको डेमो तयार पारेका छन् । छात्रा मिनाकुमारी हमालसहितका विद्यार्थीहरुले भ्याकुम क्लिनर बनाएका हुन् । फोहोर उठाउन सहज होस्, भनेर भ्याकुम क्लिनिनर र त्यसलाई लैजाने गाडीको डेमो बनाएका छन् ।

छात्रा मिनाकुमारी हमालसहितका विद्यार्थीहरुले ७ दिनमा उक्त डेमो तयार गरेका हुन् । यो भन्दा पहिले अन्य विद्यालयका विद्यार्थीहरुले बनाएको देखेपछि आफूहरुले पनि त्यहीबाट सिकेको विद्यार्थीहरुले बनाएको बताएका छन् ।

अगाडी के छ थाहा पाउने प्रविधि
विद्यार्थीले सवारी चलाउँदा अगाडी के छ, भन्ने थाहा पाउने प्रबिधिको डेमो तयार गरेका छन् । दुर्घटना न्यूनिकरण गर्न मद्दत पुग्ने भन्दै त्यस्तो डेमो तयार पारेका हुन् । तुलसीपुर उपमहानगरपालिका वडा नं.७ स्थित मावि कालाखोलाका विद्यार्थीहरुले उक्त प्रविधि बनाएका हुन् ।

कक्षा १० मा अध्ययनरत विद्यार्थीहरुले अगाडी नाला होस्, वा पोल भए वा अरु केही भएको जानकारी दिने ‘एक्सिडेन्ड प्रुफ सेन्सर कार’ निर्माण गरेका हुन् । अगाडी के छ, भन्ने कुरा चालकलाई थाहा दिने र यदि चालकले पनि थाहा नपाएमा गाडी पछाडी हट्ने हुन्छ ।

पानी परेको थाहा हुने प्रविविधको डेमो
विद्यार्थीहरुले बाहिर पानी परेको घर भित्र थाहा हुने डेमो तयार गरेका छन् । तुलसीपुर उपमहानगरपालिका वडा नं.६ स्थित गोरखा माध्यामिक विद्यालयमा कक्षा १० मा अध्ययनरत विद्यार्थीले बाहिर पानी परेमा घर भित्र ‘बजर’ बज्ने यन्त्र बनाएका हुन् ।


विद्यार्थी श्याम शर्माले उक्त डेमो तयार पारेका हुन् ।“हामी घर भित्र बसिरहेका हुन्छ, कति बेला पानी पर्छ थाहा हुँदैन”,उहाँले भन्नुभयो“बाहिर हामीले कपडा सुकाएका हुन्छौं, वा अरु केही सामान हुन सक्छन्, ति सबै पानी परेको थाहा पाएर भित्र ल्याउन सकिन्छ ।”

घर भन्दा माथि त्यो जडान गरिन्छ । त्यसमा पानी ठोक्किएमा विद्युत सर्कुलेशन भएर बजर बज्ने उहाँले बताउनुभयो । यसलाई अबको नयाँ पुस्ताले जडान गरेर सञ्चालनमा ल्याउन सक्ने उहाँले बताउनुभयो । यो उहाँले आफै सोँचेर बनाएको बताउनुभयो ।

मोटरसाईकलको इन्जिनमा गाडी
तुलसीपुर–१२ स्थित मेट्रो कलेजका विद्यार्थीहरुले मोटरसाईकलको इन्जिनमा दुई वा त्यो भन्दा बढि बस्न मिल्ने गरि गाडी तयार पारिरहेका छन् । डिप्लोमा इन मेकानिकल इन्जिनियरिङमा अध्ययनरत विद्यार्थी सुसिल भण्डारीसहितका विद्यार्थीहरुले यस्तो बनाएका हुन् ।“आधा काम भएको छ”,उहाँले भन्नुभयो“यसलाई डेकोरेशन गर्ने काम बाँकी छ ।”

मोटरसाईकलको इन्जिनबाट गाडीको मजा लिन सकिने भन्दै यस्तो बनाएको विद्यार्थी भण्डारीले बताउनुभयो । अहिलेसम्म उक्त मेसिन बनाउन करिब ६० हजार खर्च भइसकेको छ, अझै केही खर्च लाग्ने उहाँले बताउनुभयो । कलेजले प्रोत्साहन गरेपछि आफूहरुले यो गाडी निर्माण गरेको उहाँको भनाई छ ।

सिकाई मेलामा विद्यार्थीको उत्साह
तुलसीपुर उपमहानगरपालिका वडा नं.७ स्थित मावि कालाखोलामा विद्यार्थीहरुले बनाएका यस्तै धेरै प्रतिभाहरु देखाएका थिए । ४१ वटा स्टल मध्ये विभिन्न विद्यालयका विद्यार्थीले तयार पारेका ३१ वटा प्रदर्शनी राखिएको थियो ।

तुलसीपुर उपमहानगरपालिकासहित यस क्षेत्रका विभिन्न ८ वटा विद्यालयको संयुक्त आयोजना तथा टिचफर नेपालको प्राबिधिक सहयोगमा उक्त प्रदर्शनी भएको थियो । विद्यार्थीहरुलाई सिर्जनात्मक बनाउनकालागि यो सिकाई मेला आयोजना गरिएको थियो । त्यसमा तुलसीपुरका सबैजसो विद्यालयका ६ हजार बढि विद्यार्थीहरुको सहभागितारहेको थियो ।