दाङमा बलात्कार आरोपमा एकजना पक्राउ

दाङ, २ फागुन ।
दाङमा महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । तुलसीपुर उपमहानगरपालिका–७ कुमाल गाँउका ३१ वर्षका यज्ञ बोहरालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

५१ वर्षीया एक महिलालाई बलात्कार गरेको आरोपमा बोहोरालाई गरेको प्रहरीले जनाएको छ । हिजो शुक्रबार दिउँसो बोहोरालाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको हो ।


बोहराले ती महिलालाई बलात्कार गरेको भन्ने उजुरीका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।