तुलसीपुरबाट सल्यान जाँदै गरेको मिनी ट्रक दुर्घटना हँदा चालकको मृत्यु

दाङ, १४ जेठ । तुलसीपुरबाट सल्यान तर्फ जाँदै गरेको मिनी ट्रक दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ  ।अर्का एक जना घाइते छन् ।

दुर्घटनामा परि जिल्लाको छत्रेश्वरी गाउँपालिका – ६ का २७ बर्षीय चालक सुकलाल घर्तीको मृत्यु भएको छ ।

घर्तीले चलाएको रा १ ख १९१६ नम्बरको मिनी ट्रकको एकाएक टायर हेड भाँचिएपछि जिल्लाको कपुरकोट गाउँपालिका – ३ स्थित अरिंगालेफेदीमा गएराति सवा ९ बजेतिर दुर्घटनामा परेको थियो ।


डुडिरहेको ट्रकको टायर हेड भाँचिएपछि चालक आत्तिएर हाम फालेका थिए । तर, सोही ट्रकले उनलाई च्यापेपछि घटनास्थलमै मृत्यु भएको सल्यान प्रहरीले जानकारी दिएको छ ।

मिनी ट्रक अनियन्त्रित भइ सडकदेखि झन्डै तीन मिटर तल खसेको थियो । दुर्घटनामा परि जिल्लाको कुपिण्डे नगरपालिका – ९ का सहचालक २१बर्षीय तेजबहादुर बुढाथोकी घाइते भएका छन् । उनको हातमा चोट रहेको छ । उनको जिल्लामै उपचार भइ रहेको छ ।