गायक प्रशान्त तामाङको निधन

काठमाडौं,२७ पुस ।
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन भएको छ । निकट चलचित्रकर्मी राजेश घतानीका अनुसार दिल्लीस्थित आफ्नै निवासमा आज निधन भएको हो । उनका अनुसार ‘आज बिहान दिल्लीको आफ्नै अपार्टमेन्टमा हृदयघात भएर निधन भएको हो ।’


इन्डियन आइडल जितेका तामाङ नेपालमा चर्चित थिए । उनले गाएका थुप्रै नेपाली गीत चर्चित छन् । तामाङले मात्र सलमान खानको फिल्म ‘ब्याटल अफ गलवान’ बाट बलिउडमा डेब्यू गरेका थिए ।