उपमहानगरपालिकाको स्थापना दिवसमा मेयरले भने‘हाम्रा कामको वर्णन गर्न महायज्ञ लगाउनुपर्छ’

तुलसीपुर
३० चैत / तुलसीपुर उपमहानगरपालिकाको ३० औं स्थापना दिवस । जो निर्माण नर्माण हुँदै गरेको पाँच तले भवनमा मनाउन तामझाम थियो । पाँच तले भवनमा पाँच तलाको केक काटेर पनि कार्यक्रम उद्घाटन भयो । तर, अतिथिहरु भने एउटा पार्टी विशेष जस्तो मात्रै देखिन्थ्यो । तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डे एमालेका केन्द्रीय सदस्य पनि हुन् ।

उपमहानगरपालिकाको स्थापना दिवसमा सबै पार्टीको प्रतिनिधित्व हुदा राम्रो सञ्देश जान्थ्यो ।तर, काँग्रेस, माओवादी केन्द्रलगायत कुनै पनि दलका प्रतिनिधिहरुको सहभागिता थिएन । सबै राजनीतिक दललाई बोलाएको भएपनि नआउँनु सकारात्मक नभएको उपमहानगरपालिकाका प्रमुख पाण्डेले बताए ।‘सबै राजनीतिक दलको प्रतिनिधित्व हुने गरि बोलाईएको हो’,उनले भने‘आएको भए राम्रै हुन्थ्यो, यहाँको विकासकालागि सबै राजनीतिक दल एकजुट हुनुपर्छ, तर, सहभागि नहुनु राम्रो कुरा होईन ।’

कार्यक्रममा एमाले दाङका निवर्तमान अध्यक्ष तथा लुम्बिनी प्रदेश सदस्य टिकाराम खड्काको मात्रै सहभागिता रहेको थियो । त्यो बाहेक अन्य बक्ताहरु एमालेबाट २०५४ सालको मेयरमा निर्वाचित ढुण्डिराज लामिछाने, नागरिक समाज दाङका पूर्व संयोजक टिकाराम रेग्मीलगायतको मात्रै सहभागिता रहेको थियो ।

उपमहानगरपालिकाका बहालवाला जनप्रतिनिधिहरुको समेत सहभागिता थिएन । यो सकारात्मक नभएको पूर्व मेयर लामिछानेले बताए ।‘आयोजक नै आउनु भएको छैन, निम्त्यारु कसरी आउन’,उनले भने‘ यसले हामी कति जिम्मेवार रहेछौं, भन्ने कुराको पनि पुष्टि गर्छ ।’ यो विगतको जस्तो स्थानीय निकाय नभएर शक्तिसाली स्थानीय सरकार भएकाले यो दिवसबाट आगामी योजना समेत बनाउनु पर्ने भएपनि त्यसो हुन नसकेको समेत बताए ।‘यो विगत जस्तो होइन, शक्तिशाली स्थानीय सरकार हुन्’,उनले भने‘तर, यसको शक्ति प्रयोग गर्न नसकेको समेत बताए ।

विकासका चर्चा
तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले आफूले ५ बर्षमा गरेका कामको चर्चा गरे ।देशभरकै सिकाईको केन्द्र तुलसीपुर उपमहानगरपालिका बनेको बताए । उनले यो अबधीमा एकै पटक ७ विद्यालयले प्राबिधिक शिक्षा अध्यापन सुरु गरेको बताए । सामुदायिक विद्यालयलाई १० लाख अनुदान दिने भएपछि यसरी प्राबिधिक शिक्षा सुरुवात गरेको उनको भनाई छ ।


मेट्रो कलेज सञ्चालन गरेर पाँच वटा कार्यक्रममा सञ्चालन गरिरहेको, कम विद्यार्थी भएका विद्यालय मर्ज, स्थानीय पाठ्यक्रम निर्माणलगायतका कार्य शिक्षा क्षेत्रमा गरिएको छ । त्यस्तै सबै वडामा नगर स्वास्थ्य केन्द्र सञ्चालनमा ल्याएको,मेट्रो अस्पताल सञ्चालनमा,सुत्केरी महिलालाई ५ हजार प्रोत्साहन भत्ता प्रदान गर्दा मातृशिशु मृत्युदर शून्यमा झरेको, मोतियाविन्दुका कारण आँखाको ज्योति गुमाएकाहरुकालागि साहारा प्रदान, तुलसीपुरका ८ वटा वडामा एम्बुलेन्स सञ्चालन गर्न सफल भएको बताए ।

त्यस्तै बन्द रहेको टरिगाउँ बिमानस्थल सञ्चालनमा, तुलसीपुरमा तरकारी तथा फलफूल बजार सञ्चालनमा, अटो भिलेज सञ्चालनमा, बिभिन्न एक हजार ब्यक्तीलाई तालीम प्रदान, कृषि उपजको भण्डारणको व्यबस्था, खरको छानो विस्तापन कार्य, स्मार्ट छोरी कार्यक्रम,सामुदायिक विद्यालयबाट एसइइ गरेकी छोरीलाई निःशुल्क शिक्षा, उपमहानगरपालिकालाई प्रबिधिमैत्री बनाएको बताए ।

साथै पाँच बर्षमा एकसय किलोमिटर भन्दा बढि सडक कालोपत्रे, हरेक गाउँमा सडक पु¥याएको, ७ वटा पार्क निर्माण गरेको,१० वटा खेल मैदान निर्माण भएको, ५० स्थानमा योगाहल निर्माण, १२७ वटा कानुन निर्माण, सबै गाउँमा विद्युत विस्तार गरिएको बताए । यी त केही नमूना विकासहरु भएको र आफूले धेरै विकास गरेको बताए ।‘यी त केही नमूना विकासहरु मात्रै हुन्, हामीले गरेको विकासको चर्चा नै गर्ने हो भने सप्ताह नै लगाउनु पर्छ’,उनलेभने‘विहान ७ बजेदेखि साँझ ७ बजेसम्म जति चर्चा गरेपनि सकिदैनन् ।’

ऋणमा डुबेको होईन
तुलसीपुर उपमहानगरपालिका ऋणमा डुबेको भन्ने कुरा गलत भएको बताए ।‘पहिले जेठमा सम्झौता गरेर असारमा काम हुन्थ्यो’,उनले भने‘तर, अहिले हामीले भदौमा सम्झौता गरेर काम ग¥यौं, समयमै काम पूरा भए, त्यसैले अहिले छिटै भुक्तानी हुन नसकेको अबस्था हो, तर, असारमसान्तसम्म जसरी पनि भुक्तानी हुन्छ ।’