ज्ञान ज्योतिका गिरीले ल्याए विज्ञानमा ३.९६ जीपीए, नेपाल प्रथमको दावी

तुलसीपुर, २० साउन ।
तुलसीपुरमा रहेको ज्ञान ज्योति माध्यमिक विद्यालय विज्ञान संकाय तर्फ नेपाल प्रथम भएको दावी गरेको छ । त्यस्तै व्यवस्थापन संकायतर्फ दाङ जिल्ला प्रथम भएको उसको दावी छ ।

राष्ट्रिय परीक्षा बोर्डले सोमबार सार्वजनिक गरेको कक्षा १२ को नतिजामा ज्ञान ज्योति माध्यमिक विद्यालयका छात्र कृष्ण गिरीले ३.९६ जिपिए प्राप्त गरी विज्ञान संकायतर्फ उत्कृट नतिजा सहित नेपाल प्रथम भएको विद्यालयका भाइस प्रिन्सिपल मनोज कुमार केसीले जानकारी दिए ।


त्यस्तै व्यवस्थापन संकायतर्फढ विद्यालयका छात्र सन्दीप वलीले ३.९० जिपिए प्राप्त दाङ जिल्ला प्रथम भएको उनले बताए । विद्यालयले विभिन्न समय र संकायमा निरन्तर उत्कृष्ट नतिजा ल्याउने गरेको छ ।