दाङमा ‘नो एमसीसी’ लेखिएको प्रेसर कुकर फेला

दाङ
८ फागुन / दाङमा ‘नो एमसीसी’ लेखिएको शंकास्पद कुकर प्रेसर भेटिएको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार लमही नगरपालिका वडा नं. ७ स्थित रिहार सडक खण्डमा उक्त प्रसर कुकर भेटिएको हो ।

पदमिनी खोला देखी २ समय मिटर पश्चिम सडक छेउमा प्रेसर कुकरमा तारले जेलिएर राखेको शंकास्पद बस्तु फेला परेपछि स्थानीयले बम हुन सक्ने भन्दै प्रहरीलाई खबर गरेका थिए । ईलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी निरीक्षक राजिब श्रेष्ठका अनुसार अहिले सोही स्थानमा नेपाली सेनाका बम डिस्पोजल टोलि गरेको छ । केही समयमा डिस्पोज गर्ने तयारी रहेको उनले बताए ।


पूर्व–पश्चिम राजमार्गमा सवारी साधनहरु एकातर्फी रुपमा सञ्चालन गरिएको छ । अहिले सोही स्थानमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना तैनाथ छ । यस विषयमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।