
तुलसीपुर, १ जेठ ।
लुम्बिनी प्रदेश सरकार अन्तर्गत सामाजिक विकास डिभिजन कार्यालय दाङको आर्थिक सहयोग तथा ‘सामाजिक रूपान्तरणका लागि हाम्रो अभियान’ दाङको आयोजनामा तुलसीपुर उपमहानगरपालिका–५ र ९ मा सञ्चालन हुने तालिमहरुको संयुक्त उद्घाटन कार्यक्रम सम्पन्न भएको छ।
उक्त कार्यक्रम आज तुलसीपुर–५, रानीजरुवा दाङमा आयोजना गरिएको थियो। कार्यक्रममा सामाजिक विकास डिभिजन कार्यालय दाङका प्रमुख गिरिराज पाण्डेय, सामाजिक रूपान्तरणका लागि हाम्रो अभियानका अध्यक्ष भीम विश्वकर्मा, ल्ल्म्क्ध्इ का केन्द्रीय उपाध्यक्ष जोगेन्द्र विश्वकर्मा, तुलसीपुर–९ का वडाध्यक्ष घनश्याम ढकाल, नगर कार्यपालिका सदस्य लक्ष्मण विश्वकर्मा, जनप्रतिनिधि मधु सोनार, युवा व्यवसायी तेज बहादुर के.सी र समाजसेवी इश्वरी सुनारलगायतले तालिमको महत्वबारे आ–आफ्नो धारणा राख्नुभएको थियो।
तालिममा कटाई सीलाई समूहमा २४ जना र गार्मेन्ट तालिम समूहमा २२ जना सहभागी छन्। तालिमले स्थानीय महिलाहरुलाई स्वरोजगारमुखी बनाउँदै आर्थिक सशक्तिकरणमा योगदान पुर्याउने विश्वास आयोजकले व्यक्त गरेका छन्। कार्यक्रमको सहजीकरण संस्थाका सचिव किरण विश्वकर्माले गर्नुभएको थियो।



लाइभदाङ । २ जेष्ठ २०८२, बिहीबार २२:३५ बजे