उम्मेदवार मृत्युपछि बुधबार मनोनयन दर्ता

दाङ
२७ बैशाख / दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. १७ का एमोलेको तर्फबाट वडाध्यक्षका उम्मेदवार लबरु चौधरीको मृत्यु भएपछि अर्को उम्मेदवार मनोनयकालागि बुधबारको समय तोकिएको छ ।

एमालेका लागि मात्रै बुधबार बिहान १० बजेदेखि १ बजेसम्म मनोनयन दर्ताको समय निर्धारण गरिएको तुलसीपुर उपमहानगरपालिकाका निर्वाचन अधिकृत रामेश्वर अर्यालले बताउनुभयो ।


बिहीबार बेलुका ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने भएको छ । वडा नं. १७ को हकमा बैशाख ३१ गतेदेखि मौन अबधि सुरु हुने छ, भने बैशाख ३१ गते मध्य रातिसम्म प्रचार प्रशार गर्न पाइने छ ।

त्यसपछि मौन अबधि सुरु हुने छ । त्यस्तै जेठ ३ गते मतदानको समय तोकिएको छ । कलेजो, मिर्गौला रोगका कारण चौधरीको मृत्यु भएको हो । वडा नं. १७ को निर्वाचन भएपछि मात्रै तुलसीपुरमा मतगणना हुने भएको छ ।