
विप्लव महर्जन
सल्यान,२७ भदौ ।
सल्यानमा मोटरसाइकलको पछाडिको टायरमा सल बेरिँदा एक महिलाको मृत्यु भएको छ ।
जिल्लाको त्रिवेणी गाउँपालिकाको टाट्केको भित्री कच्ची सडक खण्डमा त्रिवेणीका हरिबहादुर वलीले चलाएको रा ४ प २४३ नम्बरको मोटरसाइकलमा पछाडि सवार दाङको शान्तिनगर गाउँपालिकाको पेदीखोला बस्ने ३५ वर्षीया जिता केसीको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालयका सल्यानका सूचना अधिकारी प्रहरी निरीक्षक देवराज भट्टराईका अनुसार केसीले कुर्ता-सलवारमाथि पहिरिएको सल मोटरसाइकलको पछाडिको टायरमा बेरिँदा दुर्घटना भएको र उनको मृत्यु भएको हो ।



लाइभदाङ । २७ भाद्र २०८३, शनिबार १६:०४ बजे