दाङका कुन वडामा कति मतदाता ? (बुथ अनुसार)

तुलसीपुर, १ बैशाख । दाङमा कुल चारलाख मतदाता रहेका छन् । निर्वाचन आयोगले प्रकाशित गरेको अन्तिम मतपरिणाम अनुसार ४ लाख ९ हजार ९ सय मतदाता रहेका छन् । जसमा महिला बढि छन् । महिला मतदाताको संख्या दुइलाख ९ हजार ९९ छ, भने पुरुष मतदाताको संख्या २ लाख ७ सय ९९ रहेको छ । त्यस्तै दाङमा १५३ वटा मतदान स्थल तोकिएको छ, भने ४६१ मतदान केन्द्र तोकिएको छ ।

दाङमा सबै भन्दा बढि घोराही उपमहानगरपालिकामा मतदाता संख्या रहेका छन्, भने सबै भन्दा कम राजपुर गाउँपालिकामा रहेका छन् । घोराहीमा १ लाख १२ हजार ९ सय २७ मतदाता रहेका छन् । जसमा पुरुष ५४ हजार दुईसय २१ र महिला ५८ हजार सातसय ७ जना रहेका छन् । त्यस्तै राजपुरमा १५ हजार ७ सय २३ मतदाता रहेका छन् । जसमा पुरुष ८ हजार चारसय ७ र महिला ७ हजार ३ सय १६ रहेका छन् । त्यस्तै तुलसीपुरमा एकलाख ७ हजार ६ सय ७७ मतदाता रहेका छन् । जसमा पुरुष ५२ हजार एकसय ३३ र महिला ५५ हजार पाँचसय ४३ रहेका छन् । त्यस्तै गढवामा २९ हजार ८ सय २ जना मतदाता रहेका छन् । जसमा पुरुष १५ हजार १ सय ९० रहेका छन्, भने महिला १४ हजार ६ सय ११ रहेका छन् ।

त्यस्तै दंगीशरणमा १८ हजार एकसय ६ जना मतदाता रहेका छन् । जसमा ८ हजार ८ सय ९९ पुरुष र ९ हजार दुईसय ७ जना महिला रहेका छन् । बबईमा २२ हजार एकसय ४४ मतदाता रहेका छन् । जसमा पुरुष १० हजार ९ सय ६२ रहेका छन् भने ११ हजार एकसय ८२ महिला रहेका छन् । त्यस्तै राप्तीमा ३२ हजार ३ सय २३ जना मतदाता रहेका छन् । जसमा १५ हजार ८ सयय ६२ पुरुष रहेका छन् भने १६ हजार ४ सय ६१ महिला रहेका छन् ।
त्यस्तै लमहीमा ३४ हजार ३ सय ८२ मतदाता रहेका छन्, भने १७ हजार ५३ पुरुष रहेका छन्, भने १७ हजार तीन सय २९ महिला मतदाता रहेका छन् ।

कुन स्थानीय तहमा कति मतदान केन्द्र ?
घोराहीमा ४० मतदान स्थल छन्, भने १२६ मतदान केन्द्र रहेका छन् । त्यस्तै तुलसीपुरमा ३३ मतदान स्थल रहेका छन्, भने एकसय १९ मतदान केन्द्र रहेका छन् । त्यस्तै दंगीशरणमा ८ मतदान स्थल रहेका छन् भने २१ मतदान केन्द्र रहेका छन् । बंगलाचुलीमा ११ मतदान स्थल छन्, भने १८ मतदान केन्द्र रहेका छन् । बबईमा ११ मतदान स्थल छन् भने २६ मतदान केन्द्र रहेका छन् । राजपुुरमा ८ मतदान स्थल छन्, भने १८ वटा मतदान केन्द्र रहेका छन् । त्यस्तै राप्तीमा १० मतदान स्थल छन्, भने ३५ मतदान केन्द्र रहेका छन् । त्यस्तै लमहीमा १३ मतदान स्थल छन्, भने ४० मतदान केन्द्र रहेका छन् । त्यस्तै शान्तिनगरमा ९ वटा मतदान स्थल छन्, भने २५ वटा मतदान केन्द्र रहेका छन् ।

No photo description available.

May be an image of text


No photo description available.

No photo description available.

No photo description available.No photo description available.

No photo description available.

No photo description available.No photo description available.