काँग्रेस तुलसीपुरको प्रबक्तामा डाँगी, कोषाध्यक्षमा श्रेष्ठ

तुलसीपुर
१४ असोज / नेपाली काँग्रेस तुलसीपुरको प्रबक्तामा पूर्णबहादुर डाँगीलाई मनोनित गरिएको छ ।

पार्टीको विहीबार बसेको पहिलो बैठकले यस्तो निर्णय गरेको हो । साथै कोषाध्यक्ष्मा प्रितमकुमार श्रेष्ठलाई मनोनित गरेको छ । कार्यसमिति सदस्य रहेका उनीहरुलाई मनोनित गरिएको छ । साथै नब निर्वाचित कार्यसमितिले विहीबार नै पद तथा गोपनियताको सफत ग्रहण गरेका छन् ।


त्यस अवसरमा नगरसभापति सुरेश हमालले पार्टीलाई सक्रियताका साथ अघि बढाउने बताए । उनले पार्टीको १९ वटै वडालाई चलायमान बनाउने बताए । साथै उनले सम्पूर्ण मतदाताहरुलाई धन्यवाद पनि ज्ञापन गरेका छन् । साथै बैठकले काँग्रेस नेता केशव आचार्यको सिघ्र स्वास्थ्य लाभको कामना समेत गरेको छ।

सभापति हमालको सभापतित्वमा भएको बैठकको सहजीकरण सचिबद्वय विमल पौडेल र शुसिल वलीले गरेका थिए ।