
दाङ, २६ भदौ ।
दाङको तुलसीपुर स्थित सहयोगी बचत तथा ऋण सहकारी संस्थाले वाढी पीडितलाई सहयोग गरेको छ । संस्थाले प्रधानमन्त्री साहात कोषमा ५६ हजार ४ सय ९१ रुपैँया आर्थिक सहयोग प्रदान गरेको सचिब दुर्गा प्रसाद शर्माले बताए ।
२०८३ भाद्र १० गते रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपहिरोले रसुवा लगायत आसपासका जिल्लाहरूमा अत्यधिक क्षति पुर्याएको छ । यस कठिन परिस्थितिमा बाढी प्रभावित क्षेत्रको पुनरुत्थान तथा राहत कार्यमा सहयोग पुर्याउने उद्देश्यले उक्त कार्य गरिएको सचिब शर्माको भनाइ छ ।



लाइभदाङ । २६ भाद्र २०८३, शुक्रबार २१:४० बजे