दंगीशरणले एक वर्षमा के–के काम ग¥यो ?

प्रमोद आचार्य
दंगीशरण, १० साउन ।
दंगीशरण गाउँपालिकाले आर्थिक वर्ष २०८०/८१ मा भौतिक पुर्वाधार अन्तर्गत सडक तर्फ १ किलोमिटर कालोपत्रे, सडक स्तरोन्नति ३.५ किलोमिटर, ग्राभेल रोलिङ सहित ७.५ किलोमिटर,र नयाँ ट्र्याक १ किलोमिटर सम्पन्न गरेको छ ।

मानविय विकास सङ्गै भौतिक पुर्वाधारको विकासलाई सङ्गै जोडेर अगाडि बढेको गाउँपालिकाले सडक तर्फ कालोपत्रे र पक्कि नाला सहितको सडकको मापदण्ड अनुरुप प्राथमिकतामा राखि अगाडी बढेको पुर्वाधारसाखा प्रमुख भुम प्रसाद बोहराले बताउनुभयो ।

चालु आर्थिक वर्षमा पनि सिचाइ र सडकलाइ प्राथमिकतामा राखि अगाडि बढ्ने सोचमा आफुहरु रहेको गाउँपालिका अध्यक्ष शम्भु गिरीले बताउनुभयो ।अध्यक्ष गिरीले आफु निर्वाचित भएर आए लगत्तै गाउँपालिकाको सुशासन पार्दर्शिता र मितब्ययितालाई प्राथमिकतामा राखि अगाडि बढेको बताउनुभयो ।


कुनै पनि ठाउँको विकास हुनलाई सर्वप्रथम त्यस ठाउँको मानविय विकास अपरीहार्य रहने बताउने गिरीले मानविय विकास अन्तरर्गत अपाङ्गता,बिपन्न,गरीव,सिमान्तकृत महिला,तथा जेष्ठ नागरीकको क्षेत्रमा थुप्रै लोकप्रिय कार्यक्रमहरु लागु गरेको बताउनुभयो ।

अर्को प्रसङ्गमा अध्यक्ष गिरीले सबैभन्दा नजिकको र सहारा दिने सरकार भनेकै स्थानीय सरकार रहेकाले पनि आमजनतालाई स्थानिय सरकारको महसुस हुनेगरी अगाडी बढेको बताउनुभयो । जनताका कयौँ आशा अपेक्षा छन् तर, हामीसँग सीमित साधन स्रोत छ । यसका बाबजुत पनि हामीले जनताका आशालाई निरासामा बदलिन दिएका छैनौं । अध्यक्ष गिरीले भन्नुभयो । जनतालाई दुःख पीडा पर्दा स्थानीय सरकारको स्रोत साधनले पुगेसम्म उहाँहरूको दुःखमा हरपल साथमै रहेको महसुस दिलाउनेगरी अगाडि बढेकाछौ अध्यक्ष गिरीले बताउनुभयो ।

पछिल्लो समय घटेर आउने बजेट अनि नागरिकको चाहाना र आवस्यकता बढ्नुले पनि विकाशमा सोचेअनुरुप अगाडि नबढेको बताउनुभयो ।