थप ७४ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, ८ असोज ।
पछिल्लो २४ घण्टामा थप ७४ जनालाई कोरोना भाइरसको संक्रमण भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरमा ४ हजार १२६ नमुना परीक्षणा गरिएको थियो, जसमा ७४ जनालाई संक्रमण पुष्टि भयो । ११६ जना संक्रमणमुक्त भएको छ । हाल देशभरमा १२८३ जना सक्रिय संक्रमित छन्


पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १ जनाको मृत्यु भएको छ । यससँगै मृतकको संख्या १२ हजार १७ पुगेको छ ।