दाङमा छिमेकीको सहयोगमा बुहारीले गरिन सासुको हत्या

तुलसीपुर
५ फागुन/ दाङमा छिमेकीको सहयोग लिएर आफ्नै बुहारीले सासुको हत्या गरेकी छिन् । घोराही उपमहानगरपालिका वडा नं. १९ खानीगाउँ निवासी २३ बर्षीया बसन्ती घर्तीले आफ्नै सासु ५५ बर्षीया इन्द्र कुमारी घर्तीलाई हत्या गरेकी हुन् ।

उनले छिमेकी २२ बर्षीया दर्गा घर्तीको सहयोगमा हत्या गरेको खुलेको जिल्ला प्रहरी कार्यालय दाङले बताएको छ । सासु र बुहारीबीच घरासयी विवाद थियो । त्यसकै रिसिईवीमा हत्या गरेको प्रारम्भीक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक मुकुन्द रिजालले बताउनुभयो ।

उनीहरुले काठको मुंग्राले हिर्काएर अचेत अबस्थामा भएपछि दुबै जनाले बारीको ढिकबाट खोल्सामा खसालेर हत्या गरेको खुल्न आएको प्रहरीको भनाई छ । सासु बुधबार छिमेकीको घरमा न्वारन खाना गएको र रातिसम्म नफर्किएपछि खोजतलास गर्ने क्रममा विहीबार विहान शव फेला पारिएको हो ।


शब फेला परेपछि प्रहरीले शंकास्पद देखेर उनीहरु दुईजनालाई पक्राउ गरेको थियो । पक्राउ परेका दुबै जनाले आफूले हत्या गरेको स्वीकार गरेको प्रहरीले बताएको छ । यस विषयमा अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

बुधबार मात्रै दाङका एक ब्यक्तीले आफ्नै बुवाको घाँटी रेटि हत्या गरेका थिए । दिउसो पौने १ बजेतिर शान्तिनगर गाउँपालिका वडा नं. ३ बेलडाँडा निवासी २० बर्षीय गोपाल पुन मगरले आफ्ना ६३ बर्षीय वुवा कर्णबहादुरलाई धारीलो हतियारले रेटेर हत्या गरेका हुन् ।

तरकारी काट्ने चक्कुले घाँटी र मुखमा रेटेर हत्या गरेको प्रहरीले बताएको छ । नजिकैको धाराबाट पानी बोकेर ल्याउने क्रममा आँगणमै पुगेको बेला घाँटी रटेको प्रहरीको भनाई छ । उनीहरुको पनि घरायसी विवादका कारण हत्या भएको खुलेको छ ।